कविता -शुभ कामना

Posted on: 28 Jan, 2017

तारा सुनुवार


तिम्रा ती लामबद्द पाईलाहरू

नेपाल आमाको सेवा

नेपाली संन्तानको 

रक्क्षाको निम्ति निस्कदै छ

तिम्रा परेटहरूलाई शुभ कामना ।


नेपाल आमाको चिनारी

चन्द्र,सूर्य झण्डा मुनि

कसम खाएर

देशको रक्षार्थ अघि सरेका पाईलाहरू

नरोकियोस शुभ कामना ।


भिरपाखा,कुना कन्दरामा पुगेर

आपत,बिपतको बेला

ढाल बनेर उभिन

परि आए प्रतिकार गर्न

कम्मरमा खुकुरी भिरेर 

हातमा राईफल लिएर

अघि बढेका 

कवाचहरूलाई शुभ कामना ।


काँधमा जिम्मेवारी

हृदयमा इमानदारी लिएर

नेपाल आमाको आँशु पुच्छन 

तयार भएका छौ 

नेपाल र नेपालीको जगेर्ना गर्न

कम्मर कसेर अघि सारेका

पाईलाहरूलाई शुभ कामना ।


तराई,पहाड,हिमाल

भूगाल ले जाँ जन्मे पनि 

एउटै मालामा उनिएका छौ

एकताको श संदेश दिदै

देश र जनताको मायालाई

स्वार्थ भन्दा माथि उठेर

नेपाल अमामा समर्पन भई

अघि सरेका  पाईलाहरू

अठोटि कवाचलाई शुभ कामना ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!