गजल

Posted on: 04 Feb, 2017

-भूमीराज शर्मा

गुलेलीले आकाशका तारा झार्छु भन्छौ तिमी ।

हावामा महल बनाई बसाई सार्छु भन्छौ तिमी ।।


दुनियाले फेरि कतै सताउने पो हुन कि भन्दै ।

काल्पनिक रेखा कोरी बार बार्छु भन्छौ तिमी ।।


मायाको त्यो सागरको पानी यदि सुक्यो भने ।

टन्टलापुर घाम छेकी झरी पार्छु भन्छौ तिमी ।।


थाहै नदिई टप्प टिपि लैजाने कालको पनि ।

बारम्बार म्याद थप्दै मिति टार्छु भन्छौ तिमी ।।

–देउपुर, पर्वत

यस बिषयमा तपाइको प्रतिक्रिया...!