गजल -कैले केही सत्यता थिएन,म हासी रहनुमा ।

Posted on: 04 Feb, 2017


गजल 

विनिता हमाल ठकुरी 

मुटु जल्छ किनारमा उभिइ,प्यासी रहनुमा

बरु मज्जा छ यादहरु बोकि,उदाशी रहनुमा ।


मन निचोर्दै बहकिदै ’गजल’हरु कोर्नु भन्दा

आनन्द छ किसान रहनुमा,घाँसी रहनुमा ।


उसको कुरामा बल्ल आज नतमस्तक भय

के छ ? अमर रहनुमा,अबिनाशी रहनुमा ।।


खै के बुझ्यौ?तिमी मेरो झुटो अभिनयलाइ

कैले केही सत्यता थिएन,म हासी रहनुमा ।।


मुटु जलछ किनारमा उभिइ,प्यासी रहनुमा

बरु मज्जा छ यादहरु बोकि,उदासी रहनुमा ।।

–पोखरा

यस बिषयमा तपाइको प्रतिक्रिया...!