कवि बरालको साहित्यीक जागरण अभियान सुरु

Posted on: 16 Feb, 2017

मोहम्मद ईजहार शेष/फागुन ५, नवलपरासी । नवलपरासीको जहदा बासी कवि दिपक बरालको एकल कविता बाचन कार्यक्रम आजदेखि विभिन्न क्याम्पस तथा स्कुलहरुमा सुरु भएको छ । विभिन्न समाजिक कुरितीलाई न्युनिकरण  र युवा पुस्तालाई गलतवाटोमा लाग्न नदिनुका साथै साहित्य मार्फत युवा पुस्ताको मानशिक बिकासका लागि सामुदायिक रेडियो परासीको सहकार्यमा सञ्चालन गरिएको साहित्य जागरण अभियानको  आज सामुदायिक रेडियो परासीका अध्यक्ष सुमन गोपाल आचार्यको अध्यक्षतामा परासी क्याम्पसवाट सुभारम्भ गरिएको हो ।  

नवलपरासीको जहदाका बासिन्दा रह्नु भएका कवि दिपक बराले बिभिन्न १० वटा कविताहरु बाचन गरि करिब २०० भन्दा बढिा विद्यार्थिहरुको माझमा पस्कीनु भएको थियो । कार्यक्रममा कवि बरालको विभिन्न स्पर्शी र ब्यङ्गात्मक कविताहरु सेनेर विद्यार्थिहरु झुमेका थिए । 

उँहाको कवितामा समाजिक कुरीती प्रतिको घोचपेच, बर्तमान राजनितिक अवस्था, गाँउले जिवन, माया प्रेम लगायतका क्षेत्रहरु समेटिएको कविताहरुवाट विद्यार्थिहरुले मनोरञ्जन सहित साहित्यीक ज्ञान र समाजिक चेतना बढेको प्रतिकृया दिएका थिए । 


खास गरि समाजिक क्षेत्रलाई समेटेर समाजलाई संस्कार सहित समाजिक बिकास तर्फ डोर्याउन कबि बराल यस क्षेत्रमा खप्पीस कबि मानिन्छन् । उँहाले गद्य र पद्य विभिन्न सहित विभिन्न छन्दका कविता र गजलहरु लेख्ने गर्नु हुन्छ भने नेपाली ,भोजपुरी र हिन्दीमा समेत साहित्यीक रचनाहरु रच्नु भएको छ । 

साहित्यीक जागरण अभियान अन्तर्गत कवि बरालले भोली होली केयर स्कुल पालडाँडामा एकल कविता बाचन गर्नु हुने जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!