नेपालीले अमेरीका बस्नु बेकार छ - (गजल)

Posted on: 08 Mar, 2017

नेपालीले अमेरीका बस्नु बेकार छ

डलरको लोभ भित्र फस्नु बेकार छ


जन्म दिने बा आमाको हाल विर्सिएर

पराईलाई अङ्गालोमा कस्नु बेकार छ


आफ्नै देश फर्क भनि उर्दि जारी गर्दा 

लाचार भइ त्यहि देशमा पस्नु बेकार छ


जुन देशले हाम्रो श्रमको अपमान गर्छ

त्यहि देशमा श्रम पसिन खस्नु बेकार छ


पर्देशीको गुलाम अनि दासी बनिएर

स्वाभिमानको चिल्लो गफ घस्नु बेकार छ


आफ्नै देश बनाउन जाउ भन्छ सधै

तर पनि त्यतै नजर धस्नु बेकार छ 

- खडानन्द तिमल्सिना 

यस बिषयमा तपाइको प्रतिक्रिया...!