बसन्तको छहारी

Posted on: 05 Apr, 2017

-तारा सुनुवार 

हराभरा बनाउदै 

वसन्त

मगमगाउदै बनै भरी

सुबास छरि अनन्त।

कोईली को हो को हो

डाली माथी बसी

आनन्दमै डुबरहने

चराहरू हाँसी ।

जिङरिङ उभिएको

बर‌ै ती रूखमा

मौलिदै छन

जवानी छुन

तछाड मछाड गरि

पालुवा पाखामा ।

गड्याङ गुडुङ 

आकास चम्कदै

संदेश दिदैछ 

वर्षायाम आयो भन्दै 

हुर्र हुर्र गर्दै हुरी 

दौडिदै छ वरिपरि

सास्ती खेलाउदै 

घरि घरि ।

छोडयो कि कठ्याग्रिने

दिन गयो भनी

चरक्क चर्केर दिनभरी

शिशिर कै संकेत

साँझ विहान अलि अली ।

शीत पनि हैन

वर्षा पनि छैन

मनोरम दृष्य

बादलले लुकामार

खेल्दैन

अपुरो होला बयान गरि

बसन्त तिम्रो छहारी ।

भक्तपुर, नेपाल ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!