तारा सुनुवारलाई मायाको यादले क्षीतिजनै च्यातु भएपछि...

Posted on: 25 Apr, 2017

नजिकिन अब त छितिज छिचाेलु झै ला छ

डमक्कै ढाक्ने अाकाश च्यातु झै ला छ।

सात समुन्द्र पारीकाे अाभासलाई
मुटुकाे ढुक ढुकिमा फ्याँकु झै ला छ ।

सहन सजिलाे थियाे कि रेटे बरू गला
अाफ्नै मनलाई बेस्सरी झ्याँकु झै ला छ ।

यादहरूकाे झिनाे अासा बाकी रैछ अझै
त्यै पनि वियाेगान्त कहानी लेखु झै ला छ ।

सपनी मात्रै विपनी भै अाेर्लिदा सधै
हरेक पल एकएक गरि केरू झै ला छ ।

भक्त्तपुर ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!