महेन्द्र केसी
मुख थुनिएको छैन
काम गर्ने हातहरु बाँधिएका छैनन्
हिडडुल गर्न पनि रोकछेक छैन
के म यसैलाई गणतन्त्र मानु ।
परिभाषा फेरिएको छ
तर शासन फेरिएको छैन ।
राणा शासन भन्दा यहाँ गणतन्त्रमा लोक
पीडित भनिरहेका छन् ।
सुत्र्तीको खोल टक्टकाएर
गोजिको भुसाय टक्टकाएर
एक सर्को तान्न पनि धौधौ छ
के यहि हो गणतन्त्र ?
गरिबको नाङ्गो शरिरले गणतन्त्र मागेको छ
गरिबको भोको पेटले गणतन्त्र मागेको छ
गरिबको घाम र पानी नओत्ने झुपडीले गणतन्त्र खोजेको छ
तर
प्रजातन्त्र कुन ठाउँमा आइपुगेको छ
नागरिकलाई पत्तो छैन ।
बलिदान, त्याग र समर्पणको मुल्य छैन
के यहि हो गणतन्त्र ?
सिंहदरबारबाट गुन्जिने आवाजहरु
संसदबाट बर्सिने कुर्सीको बारुद गोलीहरु
परिर्वतनको नाउमा
हजारौ नागरिकको बलिदिएर
त्याइएको परिर्वतनरुपी
के यहि हो गणतन्त्र ?
नागरिकलाई विदेशमा बचेर
रेमिटान्समा बाँचेको मेरो देश
परिर्वतनको नाउमा पटकपटक
युद्ध र आन्दोलनमा होमिएको मेरो देश
बुद्धको तपोभूमिबाट सिन्चित छ या छैन
मलाई विश्वास छैन ।
किनकी
हरप्रहर
एक चेली बलात्कृत हुन्छे
रगतको खोला बग्छ ।
एक दलित, असाहय, गरिब
यहि समाजका गणतन्त्रबादी राणाहरुबाट शोषित हुन्छन्
मलमूत्र समेत खुवाइन्छ ।
नाङ्गो पारी समाजमा डुलाइन्छ ।
के यहि हो गणतन्त्र?
गणतन्त्रले बोलको छ एक
भएको छ अनेक
राणाशासनमा एकैचोटी फाँसी दिइन्थो
तर
यहाँ जिवनको हरेक पलपलमा
फाँसी दिइएको छ ।
स्त्रीको अस्तित्व स्वीकारीएको छैन ।
बृद्ध, बालकको कुनै महत्व मानिदैन ।
कति चाँडो तन्नेरी नभइ संसनघाट पुगेछ ।
यदी तन्नेरी भएको भए,
मैले खेलेको हाँसेको
साथमा जोस जाँगर भएको देख्ने थिए होला
यसको कुनै बालपन, यौवनको त्यो आँधीवेहोरी कसैले महसुस गरेकै छैन ।
त्यसैले अर्थ र महत्व मैले देख्न सकेको छैन ।
केबल नारामा मात्रै समिति बनेको मेरो गणतन्त्र
भाषण र भाषामा मात्रै समिति मेरो गणतन्त्र
खै कुन आधार र अधिकारले म सलामी दिऊ
राणाशासन भन्दा पनि बलवान र शक्तिशाली बनिरहेको
दलको खुट्टाको मोजा बनिरहेको छ ।
मेरा गणतन्त्र ।
पालैपालो घिसारी रहेका छन् नेताहरु
कुनाकुनाबाट च्यातिएको छ ।
छेउमा बस्नै नसक्ने गरी गन्हाएको छ ।
नागरिकको लागि हात्तीको बाहिरी दाँत भन्दा रतिभर फरक छैन
दलको दलदलको जालोमा फसेको
सिंहदरबार र संसदबाट कुर्लिएको
कुकुरको पुच्छुर जस्तै टाँगामुनि रुमलिएको
के यहि हो गणतन्त्र ?।
पर्वत ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!