एमाले नेता देवशंकर पौडेल व्यङ्‍ग्य गर्दै लेख्छन् : गोल्भेडा 'आँखे जवज'

Posted on: 31 Jan, 2018

कविता ।

कम्रेड भन्दै काखमा राखी सहिद बनाई ।

राताे र ताताे हृदय छामी बलिमा चढाइ ।।


"गाेल्भेंडा अाँखे जवज" भित्र, नाटक मञ्चन ।

तिम्रै छ राज, तिम्रै छ धन, तिम्रै छ "गन्थन" ।।


चुलाे र चाैकाे, मझेरी-दलान्, बलेसी, अाँगन ।

कहाँ छ भेद ? जवज भित्र ! छाैपडी मतान ।।


कहिं छ पार्टी संगठन् गर्न, अभावै अभाब ।

सुरा र सुन, सुन्परी अनि 'पान्तारे' कबाब ।।


नन्दीका फल उकालाे चढि, शिखर चुम्दैछ ।

भालु भुत्लेका लिखा र जुम्रा उचाइ गुम्दैछ ।।


यादै छ तिमी हिजाेका दीन, अाजका शाेसक ।

शाेसण दमन् विराेध हाे कि, तिमी नै द्याेतक ??

देवशंङ्कर पौडेल, रामेछाप

(२०७४/१०/१७)



(पौडेल नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य हन् )


यस बिषयमा तपाइको प्रतिक्रिया...!