साहित्यकार ब्राजाकीको निधन

Posted on: 02 Feb, 2018

माघ १९, काठमाडौँ | साहित्यकार मनु ब्राजाकी अब हामीमाझ रहनुभएन । 

उहाँको आज बिहान ७५ वर्षको उमेरमा निधन भएको साहित्यकार सुनिल पुरीले जानकारी दिनुभयो । मस्तिष्क शिरोघातबाट पीडित उहाँको पाटन अस्पतालमा उपचार भइरहेको थियो । उहाँका श्रीमती, एक छोरा र एक छोरी छन् । 

ब्राजाकीका ‘म र तिम्री स्वास्नी’ तथा ‘अन्नपूर्णाको भोज’ कथासंग्रह प्रख्यात छन् । समसामयिक विषयमा पत्रपत्रिकामा लेखरचना लेखिरहने उहाँ नेपाली गजल लेखनमा पनि सिद्धहस्त हुनुहुन्थ्यो ।रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!