कसरी रहलान् एकै जंगलमा दुई शेर ?

Posted on: 12 Apr, 2018

चैत २९, काठमाडौँ | एमाले अध्यक्ष एवंम प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल मिलेर एउटै पार्टी बनाउने करिव टुंगो भएपछि स्वभाविक  रुपले भन्न थालिएको छ, दुई शेर मिलेको कम्युनिष्ट पार्टी । एउटा जंगलमा दुई शेर सिंह भए भने राज कसले चलाउने भन्ने विषयमा ठुलो लडाईँ हुन्छ । 

केही समय ठुलो सिकार गर्नुपर्यो भने एकआपसमा मिले पनि अन्ततः भागबन्डा मिलने भने ठुलो लडाईँ हुन्छ । 

यही प्रश्न उठेको छ, ओली दाहालबीच एकतापछि भागबन्डा मिलेन भने के होला ? 

एउटै म्यानमा दुई तरबार रहलान् त ? एउटै जंगलमा दुई शेर रहलान त ? भन्ने उखान पनि छ । 

यी सबै उखान र वितगका अनुभव छन् । हामीले असम्भव देखिने कुरालाई सम्भव बनाउनुपर्छ र मानव जातिलाई योगदान दिन सकिन्छ भन्ने बुझाएमा स्पष्ट छौँ, दाहालले हालै अन्तर्वार्तामा भनेका छन् । के उनले भनेजस्तो एक म्यानमा दुई तरवार अट्लान् वा एक जंलमा दुई शेर कसरी मिलेर बस्लान् ? 

ओली र दाहालबीच पाँच बर्ष सरकार चलाउनेबारे प्याक्ट भएको छ । 

अनौपचारिक सहमित अनुसार ओलीले तीन दाहालले दुई बर्ष सरकार चलाउने कुरा भएको छ । 

पार्टी र सरकार आलोपालो प्रमुख हुने अनौपचारिक सहमति पनि सर्वाजनिक भएको छ । 

यद्यपी प्रचण्डले सबै कुरा पार्टी एकतापछि हुने महाधिवेशनले तय गर्ने घुमाउरो जवाफ दिएका छन् । - कान्तिपुर दैनिकबाट   

यस बिषयमा तपाइको प्रतिक्रिया...!