गजल

Posted on: 15 Apr, 2018

गजल


टुटि सक्यो यो मुटु माया नगर साथी

सम्झेर तिमीलाई काटेँ हजार राती


माया खेलौना होइन नखेल भावनासंग

यो ईश्वर म पुजारी हुँ प्रिय नहान लाती


रंगीन थियो यो दिलमा तिम्ले कोरेको सपना

गयौ तिमी र संगै चढाए फुलपाती


पैसाले चिनायो मान्छे, बैँसले देखायो हर्कत

संगतले डुबाए पनि विश्वासले उठायो माथि


मखान्न हार कदापि तिमीले हराएपनि

बनाउँछु सुन्दर संसार देख्नेछौ प्रेमका ताँती


यस बिषयमा तपाइको प्रतिक्रिया...!