गजल

Posted on: 01 May, 2018

स्कुल भित्र किताबको प्रती मामुली लाग्छ ।

नबुझ्दासम्म  आफ्नो धर्ती मामुली लाग्छ ।


पछी पो सम्झी - सम्झी  रुन्छन मान्छेहरु

गुरुले दिएको उपदेस अर्ती मामुली लाग्छ ।


जब आमा  बन्ने छन त थाहा पाऊने छन्

आज आमाको चर्ती-फर्ती मामुली लाग्छ।।


आफु  खाडीको  तापमा  जल्दा  सम्झियो

पहिला त बाबाको सामार्थी मामुली लाग्छ।


- दल बहादुर शाही 

यस बिषयमा तपाइको प्रतिक्रिया...!