विदेशी आउँदा बन्द गर्दै कर्फ्यु लगाए पो राष्ट्रवाद हुन्छ

Posted on: 09 May, 2018

सरस्वती अधिकारी (खुशी)


देशमा बसि वेदेशिको गुणगान गाए पो राष्ट्रवाद हुन्छ 

लाखौँ खर्च गरी विदेश भ्रमण धाए पो राष्ट्रवाद हुन्छ ||

भोकमरीले सताएर के भो जनता त मर्ने हुन्  यहाँ 

मिठा स्वप्ना देखाई भाषण सुनाए पो राष्ट्रवाद हुन्छ ||


सिटामोल नपाएर तड्पीन्छन जनता, के मतलव भो 

रुघाखोकी लाग्दा पनि विदेश धाए पो राष्ट्रवाद हुन्छ ||

कति मान्नु चाडवाड पनि थोरै बिदा कटौती गरे हुन्छ 

विदेशी आउँदा बन्द गर्दै कर्फ्यु लगाए पो राष्ट्रवाद हुन्छ ||


जनताको पीडा त सामान्य त हो सधैं आइरहन्छ  

भारतीय पाहुनालाई स्वागत गर्न पाए पो राष्ट्रवाद हुन्छ|| 

युवालाई देशमा राखे रेमिट्यान्स कहाँबाट आउनु फेरी

युवालाई खाडी मुलुक पठाए पो राष्ट्रवाद हुन्छ ||


सोझा साझाको जमाना नै छैन के काम लाग्नु र ?

भ्रस्टचारी र तस्करीलाइ सघाए पो राष्ट्रवाद हुन्छ ||

जनता त धुलो र माटो हुन्, धर्तीमा हराउछन 

अझ ती जनतालाई दबाए पो राष्ट्रवाद हुन्छ ||

यस बिषयमा तपाइको प्रतिक्रिया...!