तिमीले सोह्र सरिङ्गार सजाएर आयौ।
मुसुक्क हाँसी अलीकती लजाएर आयौ।
---
तिम्रो रुपमा भगवान पनि लोभिन्छन होला
दामी शरिरमा रातो सारी टँजाएर आयौ।।
बैरोको पनि कान खुल्यो त्यो आवाज सुनि
छमछम पाउजु खनखन चुरा बजाएर आयौ।।
---
चट्ट सुहाएको मेहेन्दी अनि गाजल पनि
सबैलाई आफ्नो संस्कार खजाएर आयौ।।
---
दल बहादुर शाही
हुम्ला, कर्णाली
अझै ताजै छन जिन्दावाद मुर्दावादका नाराहरु।
साक्षी छन संविधानका भाग, अनुसुचि धाराहरु।
---
कहाँ फाल्यौ नेपाली पोसाक दौरा सुरुवाल टोपि
जहाँ गुलियो ऊतै भुलियो स्वार्थी भातमाराहरु।।
---
आँसी हतौडामा खिया सुर्यमा ग्रहण लाग्यो अब
छिटै भुलेछौ रोड रोडमा उभिएका सर्बहाराहरु।।
---
आज जन्ताको अमुल्य मत लिएर कुर्चि पाएपछी
देशको समुन्नति छोडेर कस्तो देखायौ पाराहरु।।
---
हामी सिदान्तको कदर गर्छौ तर गुलामको हैन
कती आउछन कती जान्छन सड्ने जमराहरु।।
---
दल बहादुर शाही
धनगढी, कैलाली
यस बिषयमा तपाइको प्रतिक्रिया...!