गजल

Posted on: 17 Jun, 2018

कहिले आफ्नो पेट चिरेर आउदैछौ छोरी।

कति   काललाई  भिरेर   आउदैछौ छोरी।

जन्म देखि मर्दासम्म सुख छैन तिमीलाई

कुन कर्मको  फल  तिरेर आउदैछौ छोरी।।

जति गरे  पनि यो  समाजले  जस दिदैन

भन्छन  झन - झन गिरेर आउदैछौ छोरी।।

छोरी बुहारी र सासुको कर्तव्य निभाउछौ

दुखै दुखको बाटो  फिरेर आउदैछौ छोरी।।

ढुङ्गा  भन्दा  पुज्नु  पर्ने  त  तिमीलाई हो  

सभ्यताको आँचल छिरेर आउदैछौ छोरी।।

दल बहादुर शाही, कैलाली


यस बिषयमा तपाइको प्रतिक्रिया...!