गजल

Posted on: 18 Jul, 2018

म छु नि एक्लै जँघार तर्न दिनेछैन आमा।

कसैको सरणमा अब पर्न दिनेछैन आमा।

धेरै  दु:ख  भोग्नु भयो हजुरले मेरो लागी

अब देखी गाह्रो काम गर्न दिनेछैन आमा।।

आफ्नो पसिनाबाट मेरो खुसी किन्नु भयो

हजुरको आखाँ आँसु झर्न दिनेछैन आमा।।

म एक दिन  ठूलो  लक्खा  जवान  हुने छु 

खाना  नपाएर  भोकै  मर्न दिनेछैन आमा।।

हान्नेको हात भन्नेको  मुख समाति दिऊला

सबैको अगाडि कदापि डर्न दिनेछैन आमा।।

दल बहादुर शाही
कैलाली धनागढ़ी

यस बिषयमा तपाइको प्रतिक्रिया...!