हराएकाहरुको कथा

Posted on: 10 Dec, 2018

हराएकाहरुको कथा 

हराएकाहरुको कथा र बाँच्नेहरुको व्यथा बिच कतै लुकेका छन् जिन्दगीका आसाहरु।

माथी आकाशमा हेर्दै कालो बादलको चौघेरामा निस्सारिएका र हराउन वाध्य परेका वा पारिएका ती जुन र ताराहरु।


सम्झन्छु ती जुनतारा र भन्न मन लाग्छ

एकदिन यसरी हराउनु छ 

जसरी हराइरहेछन् जुनेली

रातमा जुनकीरीहरु।


नहराईयोस पनि किन

बर्खाका भेल बनेर गएका ती सपनाहरु क्रमश बिस्तारै सधैं सधैंको लागि टाढा टाढा लम्किदै गर्दै गर्दा

 

थाहा छ सबै र पनि फेरि सोध्छन् 

मेरै हालखबर के छ भनेर 

खै के मिल्छ हाँसो वा आँसु 

मेरो अनिश्चित जिन्दगी देखेर 

सायद आँसु भए यति प्यारो 

बन्दैन थियो होला हालखबर ।


रचना:-डि.आर.भट्टराई "आयुष"

गल्याङ-११,स्याङ्जा


यस बिषयमा तपाइको प्रतिक्रिया...!