बजार झरेकी आमाको बोली फेरिएन (मुक्तक)

Posted on: 09 Jul, 2019

१. 

बजार झरेकी आमाको बोली फेरिएन ।

लगाउदै गरेको उनको चोली फेरिएन ।। 

खुसिको महलमा राख्न्ने भनेर छोराले ।

हिड्यो प्रदेस आमाको झोली फेरिएन ।।

२.

हरेक साँझ पिउनुको नि कारण छ ।

मरे जसरी जिउनुको नि कारण छ ।।

चोटै-चोटले यो मुटु टुक्रा टुक्रा पार्यौ ।

टुक्रेको मुटु सिउनुको नि कारण छ ।।

३.

गूलाफ भन्दा पहिले मन दिन्छू हून्न ?

संगै जिऊन्ने संगै मर्ने बचन दिन्छू हून्न ??

टाढा हूने धोको छैन समिप मै बाच्नुछ ।

नशामय हृदयको कम्पन दिन्छू हून्न ??

५.

बाऊको पैसा चोरेर बजारतिर लागियो ।

सय/दूई सयले पूगेन हजार, तिर लागियो ।।

बाऊले पढ भनेनकै हून् ऊबेलामा ।

केटि खोज्दै उनको नजरतिर लागियो ।।

६.

कलम होकि कापि चिन्है गारो छ ।

आज-भोलि हतियार बोकि हिन्नै गाह्रो छ ।।

पूलिस छोब्दै हूल्छन् विप्लव भनि

एऊटा ग्रुप लिएर भिड्नै गाह्रो छ ।।


- ललित बिष्ट 

ठेगानाः आठबिस नगरपालिका ५, दैलेख

सम्पर्कः ९८४८३९३६७५

हाल: कालिकोट

यस बिषयमा तपाइको प्रतिक्रिया...!