रश्मि, कुहिरो, बर्षात अनि बादलमा भेटिन्छु !

Posted on: 06 Nov, 2019

रश्मि, कुहिरो, बर्षात अनि बादलमा भेटिन्छु दिए देखि तिमीले पीडा म गजलमा भेटिन्छु ! ल्याउनु सम्बन्ध विच्छेदको सबुत गरि दस्तखत सायद, तिम्रो सपनाको धरातलमा भेटिन्छु ! न बर्ग , न घन , न आयतनमा खोज्नु मलाई मात्रै प्यारको परिधि अनि क्षेत्रफलमा भेटिन्छु ! देखे देखि त्यो डालिमा ढुकुर जोडी यो मनले सधै एकान्त अनि घनघोर जङ्गलमा भेटिन्छु ! प्रविधिको विकास नभएपछि मेरो गाउँ बस्तिमा म त ओ! महोदय , बिहानै ओखलमा भेटिन्छु !! नरेन्द्र बिष्ट , वौलाहट मन , बझाङ

यस बिषयमा तपाइको प्रतिक्रिया...!