नोबेल शान्ति पुरस्कार पत्रकारद्वय मारिया रेस्सा र डिमिट्री मुराटोभलाई

Posted on: 08 Oct, 2021

असोज २२ , काठमाडौँ | यसवर्षको नोबेल शान्ति पुरस्कार दुई जना पत्रकारले संयुक्त रुपमा पाएका छन् । फिलिपिन्सका पत्रकार मारिया रेस्सा र रसियाका डिमिट्री मुराटोभलाई पुरस्कार प्रदान गरिएको हो ।

नर्वेजियन नोबेल कमिटीले रेस्सा र मुराटोभलाई संयुक्तरुपमा पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । उनीहरूले अभिव्यक्ति स्वतन्त्रता रक्षाको लागि गरेको प्रयासलाई सम्मानस्वरुप पुरस्कृत गरेको नोबेल कमिटीले जनाएको छ । 

प्रतिकुल अवस्थामा पनि आफ्नो समाचारमार्फत सम्पूर्ण पत्रकारको अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उनीहरू लड्दै आएका थिए । फिलिपिन्सकी रेस्साले पत्रकारितामार्फत सरकारको शक्ति दुरुपयोग, हिंसा र अधिनायकवादविरुद्ध अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्ने गरेकी छिन्। उनी फिलिपिनी न्युज साइट र्यापलरकी सिइओ हुन् भने मुराटोभ रसियन समाचार पत्र नोभय गाजेटाका प्रमुख हुन् ।

शान्ति पुरस्कारसँगै यसवर्षको लागि रसायनशास्त्र, भौतिकशास्त्र, चिकित्सा र साहित्यतर्फको नोबेल पुरस्कार घोषणा भइसकेको छ भने अर्थशास्त्रतर्फको पुरस्कार घोषणा बाँकी छ । नोबेल शान्ति पुरस्कार ६ विधामा दिइँदै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!