आन्दोलनका कथाहरु

Posted on: 18 Aug, 2016

तीर्थ सिग्देल । किताब लेख्नु पर्ने भएपछि धेरै पढ्नुपर्ने हुन्छ । हनत त्यसै पनि नपढि रहन को सक्छ र ? पढ्न भनेपछि ध्यान दिएर पढ्नु पर्ने । भखैरै बजारमा आएका पुस्तक पढ्नुको मजा नै बेग्लै हुन्छ । २०७३ साल लागे पछि मेरो ध्यान लेखनी तर्फ मोडियो, जव मैलै मेरा आखा, कान र मुख कितावतिर लगाएं । अरु केही सोच्न भ्याएको छैन । 

यस अवधिमा मैले नयां र पुराना किताब पढें । जसले मलाई लेख्न प्रेरित गरोस भनेर । मेरा लागि किताब केवल मनोरन्जन मात्र थिएन । म मनोरन्जनका लागि मात्र किताब पढ्ने मान्यता राख्दिन । किताब एउटा दस्ताबेज हो । समाज बुझ्ने ऐना हो । किताब समाजको बदलिदो चरित्रको अनुभब हो, अनुभुती हो । इतिहास र बर्तमानको तुलना हो । समानता र असमानताबीचको खाडल पुर्ने माध्यम हो । समग्रमा समाज बुझ्ने उत्तम उपाय हो । 

राजनीतिशास्त्री हरी शर्माको भनाईलाई मैले जीवनभर आत्मसात गरेको छ । देश बुझ्न पहिले समाज बुझ्नु पर्छ । यो मैले सिकेको हो । हो, समाज बुझेपछि मात्र देश बुझिने रहेछ । बदलिदो सामाजिक संरचना,परिवेश र उतारचढाबलाई नजरअन्दाज गरियो भने के लेखक बन्न सकिएला र ? आखिर मानिस यही समाजको उपज न हो, जसले परिबेश झेलेको हुन्छ । नियम बनाएको हुन्छ । कानून बनाएको हुन्छ । र, उ पनि त्यही परिबेशको जालोमा बांधिएको हुन्छ । 

किताबको सूची लामै बन्छ । लेख्नलाई पढ्नुपर्छ, पढेर लेख्नुपर्छ । दुबै परिपुरक हुन्छ, अन्तरसम्बन्धित हुन्छ । आजकल अर्काले लेखेको पढ्ने प्रचलन हराउदै गयो । आफु भलो त जगतै भलो भन्ने उखान जस्तै छ परिबेश । लेखक भनेपछि त झन् छोईनसक्नका । अरुलाइै मान्छे नै नगन्ने । अरुले लेखेको पढ्दै नपढ्ने । अनी कसरी राम्रो लेख्न सकिन्छ ? 

मैले परिकल्पना गरेको,देखेको र लेखेको परिबेश झापा र त्यस वरपरको हो । 

अझ भनौ २००७, २०२८, २०४६, २०६२ का बिभिन्न परिबेश, आन्दोलनहरु, संघर्षका कथा र मेरो अनुभव यो कितावका बिषयबस्तु हुन । एउटा पत्रकार भएपछि सिधा रिर्पोट बनाउनु मात्र जिम्मेबारी हुदैन । समाजमा यस्ता बिषयहरु छन् , जसलाई फगत एउटा हार्ड न्यूजमा मात्र चित्त बुझाउन सकिदैन । त्यसलाई मसिनो गरी केलाउने हो भने किताबै लेख्न सकिन्छ । मैले त्यो गरें ।

हरेक मान्छेका कथा, ब्यथा हुन्छन् । भावना हुन्छ । बितृष्णा हुन्छ । तृष्णा हुन्छ । चाहना हुन्छ । रहर हुन्छ । पीडा र त्यसमाथिको अनुभुती हुन्छ । द्धन्द्धकाल मेरो लेखनीको बिषय बनाएं मैले । मार्नु र मर्नु सामान्य खेल साबित भयो द्धन्द्धकाल । १० बर्षै युद्धकालमा मर्ने पनि मारिए , मर्नु नपर्ने पनि मारिए । 

अत्यन्त पीडादायी क्षण थियो त्यो समय । कसले दुख पाएन त्यो बेलामा ? कती मान्छे बेपत्ता भए ? कति घरबार बिहीन भए । आज कसालाई कुरा गर्ने फुर्सद छ उनीहरुको ? कसलाई सम्झने समय छ उनीहरुलाई ? मैले तीनै पहिचान हराएका मान्छेहरु र तीनै युद्धका संचालकहरु जसले त्यो कालखण्डलाई आफ्नो बशमा राख्न खोजे उनीहरुको चरित्रलाई उजागर गरेको छु । तीनै युद्धमा पिल्सिएका मान्छेहरु ,मुलुक बनाउने जसले सपना देखे । तीनै पीडितहरु जसले आफ्नै आंखाले मृत्युलाई देखे र जीवनलाई मर्नु र बांच्नुको दोसांधमा बिताए ।    

मैले यसो सम्झें, खोई यस्ता बिषयमा कसको कलम चलेको छ ? लेखेर मात्र नाम कमाउने लेखकको माझमा बाँच्न कठिन छ । फेरि बिभिन्न बाद र सिद्धान्तमाझ लेखनीलाई अगाडि बढाउनु निक्कै कठिन काम हो । तरपनि मैले त्यसलाई चिरें । आउन सक्ने आरोप र आक्षेपलाई मैले सहने र प्रतिबाद नगर्ने निर्णय लिएं । किनभने स्वैरकल्पनामा आधारित भएर लेख्न जति सजिलो छ , उति नै यर्थाथतामा आधारित भएर लेख्न गाहे रहेछ । हुनत आजभोलि त्यस्तो स्वैरकल्पनामा आधारित भएर लेख्ने परम्पराको अन्त्य हुदै गएको छ । 

नयां पुस्ताका लेखकको आगमनसंगै यथार्यतामा आधारित लेखनको अभ्यास बढ्दैछ । पुस्तकको परिबेश यसरी बग्छ, जहां पूर्वको इतिहास, राजनीति, संस्कृतिदेखि ०२८ सालको झापा बिद्रोह र त्यसका नायकहरुको चिनारीले पुस्तकलाई बोकेको छ ।  



यस बिषयमा तपाइको प्रतिक्रिया...!