श्रीमानले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु

Posted on: 19 Aug, 2016

लहान, ३ भदौ । आफ्नै श्रीमान्ले प्रहार गरेको मसला पिस्ने सिलौटाको लोहोरोले हान्दा आज यहाँ एक महिलाको मृत्यु भएको छ । 

घरायसी विवाद हुँदा रिसको झोकमा सिरहाको लहान नगरपालिका – ६ निवासी विशेश्वरप्रसाद साहले श्रीमती बबिताकुमारी साहलाई लोहोरोले प्रहार गर्दा बबिताको मृत्यु भएको हो । 

लोहोरो प्रहारबाट घाइते भएकी साहलाई उपचारका लागि तत्काल लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा पुरियाइएको थियो । उपचारकै क्रममा बबिताको बिहान ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । 

लोहोरो प्रहार गर्ने बबिताका श्रीमान् ३८ वर्षीय विशेश्वरप्रसादलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!