आज १५१ औँ मोति जयन्ती, तेह्रथुममा जिल्ला स्तरीय गजल प्रतियोगिता हुँदै

Posted on: 01 Sep, 2016

प्रकाश धौलाकोटी । भदौ १६, तेह्रथुम । नेपाली साहित्यमा आँसु कविका रुपमा परिचित मोतीराम भट्टको १५१ औँ मोति जयन्ती देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । यो अवसरमा नेपालसँगै विदेशमा रहेका नेपाली भाषी गजलकार र गजलप्रेमीहरुले समेत विभिन्न कार्यक्रम आयोजना गर्दैछन् । 

तेह्रथुममा पनि साहित्य प्रतिष्ठानले जिल्ला स्तरीय गजल प्रतियोगितासँगै भट्टको स्मृतिमा विशेष कार्यक्रमको आयोजना गरको छ । गजल प्रतियोगितामा जिल्लाका २० जना गजलकारहरुले गजल बाचन गर्नेछन् भने भट्टलाई स्मरण गर्दै अन्य चर्चित गजलकार र साहित्यकारहरुले सृजना वाचन गर्ने कार्यक्रम रहेको अध्यक्ष दीपक कट्टेलले जानकारी दिनुभयो ।

नेपाली गजल साहित्यका प्रणेता भट्टको विसं १९२३ सालको भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसीका दिन जन्म भएकोले यस दिनलाई मोतीजयन्तीका रुपमा मनाइने गरिएको हो । श्रृङ्गार रसलाई केन्द्रविन्दुमा राखेर गजल साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनु भएका भट्टले कथा, नाटक र निबन्ध समेतको रचना गर्नुभएको थियो । 

तीस वर्षकै अल्पायुमा विसं १९५३ सालको भाद्र कृष्ण औँसी (कुशे औँसी) कै दिन निधन भएका भट्टलाई माध्यमिककालीन नेपाली श्रृङ्गारिक साहित्यका प्रणेता पनि मानिन्छ । थोरै बाँचेर पनि नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान दिएका भट्टले १९४८ मा आदिकवि भानुभक्त आचार्यको जीवनचरित्र प्रकाशनमा ल्याउनुभएको थियो । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!