कविता: तन्त्र कस्तो तन्त्र ! आयो रोगतन्त्र !

Posted on: 08 Sep, 2016

इतिहास पढेर बसेका हामी पुस्ता

राजतन्त्र पछारी गणतन्त्रमा पसेका छौ

कस्तो कस्तो लागि राछ आजभोली

राजाका शालिक ढाल्ने हामी कस्ता ?

पारी डाडाँका काइँलदाई लड्दै थिए

गाउँका पञ्च एकाएक सड्दै थिए

लोकतन्त्र, गणतन्त्र ल्याउन खोज्दा

सयौँ नेपाली दिनँहु मर्दै थिए ।

आ छ लोकतन्त्र, भा छ मोजतन्त्र

तन्त्र कस्तो तन्त्र ! लाग्छ जोकतन्त्र

इतिहास बनाउने नाउँमा अपहेलित गरिदै छ

हेप्ने, बदनाम गर्ने आयो रोगतन्त्र !

 

थिए शासक उ बेलाका राजवंश

हट्यो अहिले शासन, अनि आयो गणतन्त्र

अहिले के को टियू टियू, मान्य ज्यू

गर्न थालेछौ शालिकलाई विधंश !

राजाप्रति सम्मान छ, व्यवहार प्रति होइन्,

केहि पो खराब हुन्, सबै खराब होइनन्

म पनि लोकतन्त्रमा कटिबद्ध छु मान्य ज्यू

ति निर्जिव शालिक प्रति कत्ति सराप छैन् ।

दिपक अनुरागी

कपिलवस्तु । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!