रामलाल जोशीको ‘ऐना’लाई मदन पुरस्कार

Posted on: 20 Sep, 2016

असोज ४,डोटी । मदन पुरस्कार गुठीले २०७२ सालको मदन पुरस्कार कैलालीका रामलाल जोशीको ऐना कथा संग्रहलाई दिने निर्णय गरेको छ ।

गुठीले ऐनालाई मदन पुरस्कार र लीलबहादुर क्षेत्रीलाई जगदम्बा श्री पुरस्कार दिने निर्णय भएको छ । दुबै पुरस्कारको राशी दुई(दुई लाख रुपैयाँ छ ।

मदन पुरस्कारको श्रेष्ठ सूचीमा सात पुस्तक छानिएका थिए । श्रेष्ठ सूचीमा परेका पुस्तकहरुमा रामलाल जोशीको ऐना, भुवनहरी सिग्देलको आमोई,  नीलम कार्की निहारिकाको चिरहरण, घनश्याम खड्काको निर्वाण, सरिता तिवारीको प्रश्नहरुको कारखाना, बुद्धिसागरको फिरफिरे र दामोदर पुडासैनी किशोरको सिमानाका रङ्ग सिमानाका तरङ्ग थिए ।

यसअघि विजेताको नाम मात्र सार्वजनिक गर्ने गरिएको भएपनि २०७२ सालबाट श्रेष्ठ सूची बनाइएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!