गजल-कथा लेख्दै छ यो मान्छे

Posted on: 21 Sep, 2016

-तिर्सना तिमिल्सीना

बनावटि कहानिको कथा लेख्दै छ यो मान्छे
उडिजाने खरानिको कथा लेख्दै छ यो मान्छे

यसै टाढा भई जाने उसै टाढा भई जाने
हुरिजस्तै जवानिको कथा लेख्दै छ यो मान्छे

नचाहेरै उषालालि लिने कोसिस गरेरै यो
जहर घोल्दै बिहानिको कथा लेख्दै छ यो मान्छे

अधेँरिमा बसि रोयो चिच्चाउदानि सुनेन रे
स्वयं हेर्दै मलामिको कथा लेख्दै छ यो मान्छे


पर्वत
हाल ललितपुर


यस बिषयमा तपाइको प्रतिक्रिया...!