समाज | महोत्तरी - MHT


महोत्तरीमा एक व्यक्ति शंकास्पद अवस्थामा मृत फेला

Posted on December 12, 2018 | views : 136 | महोत्तरी - MHT

मङ्सिर २६, गौशाला | महोत्तरीको औरही नगरपालिका–२ फुलबरियाका बेचु चौधरीको गएराति हत्या भएको छ । चौधरीको शव घर नजिकैको उखुबारीमा फेला परेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।  घाँटीमा निलडाम र शरीरको अन्य भागमा चोटपटक लागेको अवस्थामा चौधरीको शव फेला परेकाले उनको हत्या गरिएको हुनसक्ने कार

Read More

ट्र्याक्टरले किचेर बालकको मृत्यु

Posted on December 10, 2018 | views : 110 | महोत्तरी - MHT

मङ्सिर २४, गौशाला (रासस) | महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा ट्र्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका– ६ बस्ने इनतुला साफीका छोरा २ वर्षीय साहिल साफी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो ।  आइतबार घर अगाडि खेलिरहे

Read More

अब महोत्तरीको सर्पदंश उपचार केन्द्र सुविधा सम्पन्न

Posted on December 09, 2018 | views : 112 | महोत्तरी - MHT

मङ्सिर २३, बर्दिवास (रासस) | पर्याप्त उपकरणको अभाबमा उपचारमा समस्या झेल्दै आएको महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्र सुविधासम्पन्न हुँदै आएको छ ।  केन्द्रमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (अल्टरनेटिभ इनर्जी प्रमोसन सेन्टर) ले संयुक्त राष्ट्रसङ्घीय विकास

Read More

जलेश्वर भन्सारमा प्रभुको बैंकिङ सेवा सुरु

Posted on December 06, 2018 | views : 147 | महोत्तरी - MHT

मङ्सिर २०, गौशाला | महोत्तरीको मूल भन्सारका रुपमा रहेको जलेश्वर भन्सार कार्यालय परिसरमा प्रभु बैंकले बैंकिङ सेवाको थालनी गरेको छ ।  प्रभु बैंकले भन्सार कारोवारलाई मद्दत गर्ने उद्देश्यले एक्सटेन्सन काउण्टर स्थापना गरेर सञ्चालनमा ल्याएको भन्सार कार्यालयका प्रमुख केशव भण्डारीले बताउनुभयो । जलेश्वर

Read More

महोत्तरीमा बसले ठक्कर दिँदा एकको मृत्यु, तीन गम्भीर घाइते

Posted on December 06, 2018 | views : 297 | महोत्तरी - MHT

मङ्सिर २०, गौशाला | महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–३ मलिवारामा गए राति नेपाल–भारत बस सेवा लेखिएको बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार एक जनाको मृत्यु हुनाका साथै अन्य तीनजना घाइते भएका छन् ।  उक्त घटनामा बारा जिल्लाको देवताल गाउँपालिका–३ बस्ने २५ वर्षीय राजकुमार साहको मृत्यु भएको र भ

Read More

महोत्तरीमा कारागारका कैदीबन्दीलाई सीपमूलक तालीम

Posted on December 05, 2018 | views : 178 | महोत्तरी - MHT

मङ्सिर १९, गौशाला | महोत्तरीको जलेश्वर कारागारमा बन्दी जीवन बिताइरहेका ६० कैदीबन्दीलाई मङ्गलबारदेखि सात दिने सीपमूलक तालीम शुरु गरिएको छ ।  प्रदेश नं २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोग एवं आयोजनामा आजदेखि कारागारका ४२ महिला र १८ पुरुष कैदीबन्दीका लागि अगरबत्ती बनाउने तालीमको शुरुआत

Read More

महोत्तरीमा एचआइभी सङ्क्रमितको सङ्ख्या ५० पुग्यो

Posted on December 04, 2018 | views : 209 | महोत्तरी - MHT

मङ्सिर १८, बर्दिवास | महोत्तरीमा एचआइभी सङ्क्रमितको सङ्ख्या ५० पुगेको छ । एचआइभी जाँचका लागि स्वेच्छिक रक्त परीक्षण र उपचार सेवा दिँदै आएको नेपाल परिवार नियोजन सङ्घले सो तथ्याङ्क हालै सार्वजनिक गरेको हो ।  सन् २००७ देखि एचआइभी र विभिन्न यौन रोगबारे परामर्श, स्वेच्छिक रक्तपरीक्षण र उपचार सेवासमे

Read More

महोत्तरीबाट ६ सय लिटर डिजेल बरामद

Posted on November 28, 2018 | views : 189 | महोत्तरी - MHT

मङ्सिर १२, गौशाला | महोत्तरी प्रहरीले जिल्लाको सम्सी बजारमा अवैध रुपमा बिक्री वितरणका लागि राखिएको ६०० लिटर डिजेल बरामद गरेको छ ।  आधिकारिक रुपमा पेट्रोल पम्पमा बिक्रीवितरण हुने डिजेल कालोबजारी गरी महङ्गो मूल्यमा बेच्ने उद्देश्यले बजारमा राखिएको अवस्थामा जिल्ला प्रशासन कार्यालय महोत्तरी, नेपाल

Read More

आफ्नै श्रीमतीको विभत्स हत्या गर्ने महोत्तरीका एक व्यक्ति पक्राउ

Posted on November 28, 2018 | views : 229 | महोत्तरी - MHT

मङ्सिर १२, गौशाला | आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमानलाई महोत्तरी प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको भङ्गाहा नगरपालिकाको हरिणमरी गाउँ बस्ने कौशलकिशोर साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो ।  प्रहरीक अनुसार पक्राउ परेका

Read More

महोत्तरीमा मोटरसाइकल र ट्र्याक्टर दुर्घटनामा परी दुईको मृत्यु

Posted on November 26, 2018 | views : 180 | महोत्तरी - MHT

मङ्सिर १०, गौशाला | महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा मोटरसाइकल र ट्र्याक्टर दुर्घटनामा परी एक महिला र एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको औरही नगरपालिका–१ बस्

Read More

सप्तरी बस दुर्घटना: मृतक परिवारलाई राहत दिइने, शोकमा स्थानीय तह बन्द

Posted on November 25, 2018 | views : 116 | महोत्तरी - MHT

मङ्सिर ९, राजविराज (रासस) | प्रदेश नं २ को सरकारले सप्तरी बस दुर्घटनामा मृत्यु भएका परिवारलाई रु एक/एक लाख राहत दिने भएको छ ।  दुर्घटनामा घाइते भएकाको अवस्था तथा मृतकलाई श्रद्धाञ्जलि दिन सप्तरी आउनुभएका प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले मृतक परिवारलाई रु एक÷

Read More

श्वासप्रश्वास र आँखाका बिरामी बढ्दै

Posted on November 25, 2018 | views : 109 | महोत्तरी - MHT

मङ्सिर ९, बर्दिवास (रासस) | महोत्तरी जिल्लामा श्वासप्रश्वास र आँखाका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । जिल्लाको सुदूर उत्तरी क्षेत्रको बर्दिवास नगरपालिकादेखि सुदूर दक्षिणी भेगको जलेश्वर नगर क्षेत्रका सबैजसो ठाउँमा अहिले श्वासप्रश्वास र आँखाका बिरामीको सङ्ख्या निकै बढेको अस्पताल र स्वास्थ्य संस्थाल

Read More

८ महिने शिशु अपहरण गरी हत्या गर्ने महोत्तरीका युवक जेल चलान

Posted on November 23, 2018 | views : 200 | महोत्तरी - MHT

मङ्सिर ७, गौशाला | आठ महीने शिशु (बालिका) लाई अपहरण गरी हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले एक युवकलाई जेल चलान गरेको छ ।  जेल चलान हुनेमा औरही नगरपाकिला–६ का २५ वर्षीय भरत साह तेली रहेका छन् । गत भदौ १० गते साँझ ६ बजेतिर औरही नगरपालिका–१ बस्ने सन्तोष चौधरीकी छोरी आठ महीने सोनालीलाई औरही

Read More

देशभरिका स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने

Posted on November 22, 2018 | views : 1023 | महोत्तरी - MHT

मङ्सिर ६, काठमाडौँ (रासस) | अब देशभरिका स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना गरिने भएको छ ।  मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह मातहत रहेर त्यस्तो काम गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविध

Read More

भक्तपुरमा टिपरको ठक्करबाट महोत्तरीका २४ वर्षीय युवकको मृत्यु, अर्का १ घाइते

Posted on November 22, 2018 | views : 312 | महोत्तरी - MHT

मङ्सिर ६, भक्तपुर | भक्तपुरको सूर्यविनायक नगरपालिका–२ रेडक्रस भवन नजिक टिपर र मोटरसाइकल आपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना घाइते भएका छन् । बा. ४ ख ८१८२ नं. को टिपरमा बा. ९९ प ८२८२ नं. को मोटरसाइकल बुधबार राति ८:३० बजे ठोक्किँदा मोटरसाइकल पछाडि सवार महोत्तरी बर्दिवासका २४ वर्षीय म

Read More

महोत्तरीमा स्वास्थ्य चौकीका सहायक २० दिनदेखि बेपत्ता, बिरामी मारमा

Posted on November 21, 2018 | views : 283 | महोत्तरी - MHT

मङ्सिर ५, गौशाला | महोत्तरीको एकडारा गाउँपालिका–५ कोल्हुवा बगेया स्वास्थ्य चौकीका स्वास्थ्य सहायक चन्दनकुमार साह २० दिनदेखि बेपत्ता छन् । साह बेपत्ता भएपछि बिरामी मारका परेका छन् ।  साह कहाँ कुन अवस्थामा रहेको भन्ने बारेमा कुनै जानकारी नभएको एकडारा गाउँपालिका–५ का वडाध्यक्ष शेराजुद्दिन अन्सारील

Read More

महोत्तरीमा सात लाखको लुटपाट, डाँकाहरुको कुटाइबाट ५ जना घाइते

Posted on November 19, 2018 | views : 248 | महोत्तरी - MHT

मङ्सिर ३, गौशाला | महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३ वटा घरमा गएराति डकैती भएको छ ।  डकैतीमा रु सात लाख मूल्य बराबरको धनमाल लुटिएको छ भने पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।  प्रहरी नायब उपरीक्षक खड्काका

Read More

छठको तयारी शुरु

Posted on November 09, 2018 | views : 119 | महोत्तरी - MHT

कात्तिक २३, महोत्तरी (रासस) | अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराई मधेश तथा मिथिलाञ्चलवासी छठको तयारीमा जुटेका छन् ।  नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रुपमा रहेको छठमा आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारण व्यस्त छन्

Read More

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

Posted on November 09, 2018 | views : 1489 | महोत्तरी - MHT

कात्तिक २३, काठमाडौँ (रासस) | यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले

Read More

महोत्तरीका छुट्टाछुट्टै स्थानमा तीन पुरुषको शव भेटियो

Posted on November 01, 2018 | views : 378 | महोत्तरी - MHT

कात्तिक १५, महोत्तरी | जिल्लाको छुट्टाछुट्टै स्थानमा बुधबार तीन जनाको शव बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार महोत्तरीको विभिन्न तीन स्थानमा विभिन्न घटनामा बुधबार तीन जनाको मृत्यु भएको अवस्थामा शव बरामद भएको हो। उनका अनुसार ज

Read More

महोत्तरीमा करेन्ट लागेर एक किशोरको मृत्यु

Posted on October 28, 2018 | views : 349 | महोत्तरी - MHT

कात्तिक ११, गौशाला | महोत्तरीको जलेश्वर नगरपालिका–५ मा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सो नगरपालिकाको बिसनपुर बस्ने मातवर राउतका छोरा १५ वर्षीय रोहित राउत रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । आफ्नै घरको आँगनमा रहे

Read More

महोत्तरीबाट ८ सय पोका सोफी रक्सी बरामद

Posted on October 24, 2018 | views : 412 | महोत्तरी - MHT

कात्तिक ७, गौशाला | नेपालबाट भारततर्फ चोरी निकासी गर्न लागिएको अवस्थामा महोत्तरी प्रहरीले आज एउटा मारुती भ्यानमा रहेका ८०० पोका सोफी रक्सी बरामद गरेको छ ।  जलेश्वर नगरपालिका–५ बिसनपुरको बाटो हुँदै नेपालबाट भारततर्फ जान लागेको डिएल ३ सिडी २२८७ नम्बरको भारतीय मारुती भ्यानमा २४ बाकसमा २५० एमएलकोसो

Read More

महोत्तरीमा शिशु हत्याको अभियुक्त पक्राउ

Posted on October 20, 2018 | views : 332 | महोत्तरी - MHT

कात्तिक ३, इटहरी (रासस) | महोत्तरी औराही–१ को ८ महीने शिशुको अपहरण गरी यौन दुव्र्यवहारसहित हत्या गरी फरार रहेका एक अभियुक्तलाई आज सुनसरीबाट पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा महोत्तरी साविक हात्तीसार गाविस– १ का ३६ वर्षीय भरत साह रहेको प्रहरीले जनाएको छ । गत भदौ दोस्रो हप्ता शिशुलाई घरबाट अपहरण ग

Read More

लागुऔषधसहित तीन युवक पक्राउ

Posted on October 16, 2018 | views : 279 | महोत्तरी - MHT

असोज ३० , गौशाला (रासस) | प्रहरीले सोमबार महोत्तरीमा लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सम्सी गाउँपालिका–२ बस्ने सफिलउल रहमान र पिपरा गाउँपालिका–६ बस्ने श्रवणकुमार मण्डल र राममिलन मण्डल रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।  भारतबाट अवैध रुपमा लुकाई

Read More

महोत्तरीमा ढिस्कोमा पुरिएर ४ बालिका घाइते, एकको अवस्था गम्भीर

Posted on October 11, 2018 | views : 218 | महोत्तरी - MHT

असोज २५, गौशाला | महोत्तरी जिल्लाको औरही नगरपालिकामा आज ढिस्कोमा पुरिएर चार बालिका घाइते भएका छन् भने एकको अवस्था गम्भीर रहेको छ ।  घाइते हुनेमा औरही नगरपालिका–३ श्रीपुर बस्ने विनोद साहकी १० वर्षीया छोरी मन्तोरिया साह, सम्झारो महतोकी ६ वर्षीया छोरी रीता महतो, दरेश यादवकी १२ वर्षीया छोरी काजल या

Read More

महोत्तरीको त्रिशूलीदेवी मन्दिर खुला

Posted on October 10, 2018 | views : 232 | महोत्तरी - MHT

असोज २४, गौशाला । बडादशैँको घटस्थापनासँगै महोत्तरी जिल्लाको जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको प्रख्यात त्रिशुली देवीको मन्दिर सर्वसाधारणको दर्शन तथा पूजाआजाको लागि आज बिहानैदेखि खोलिएको छ ।  प्रत्येक वर्ष दशैँको १० दिन मात्रै खुल्ला रहने यो मन्दिरमा घटस्थापनाको दिनदेखि सर्वसाधारणको दर्शन त

Read More

रेल चल्ने कुराले उत्साह बढायो महोत्तरीका सर्वसाधारणलाई

Posted on October 09, 2018 | views : 258 | महोत्तरी - MHT

गोपाल बराल | असोज २३, बर्दिवास | आउने मङ्सिरभित्रै धनुषाको कुर्थाबाट जयनगरसम्म रेल सञ्चालन हुने कुराले महोत्तरी जिल्लाको पूर्वमध्यवत्र्ती क्षेत्रमा उत्साह छाएको छ । महोत्तरीको भङ्गाहा, लोहारपट्टी र बलवा नगरपालिकाका सर्वसाधारण भारतको जयनगरबाट आफ्नै छिमेकको कुर्थासम्म मङ्सिरभित्रै रेल सञ्चालनमा आउने क

Read More

महोत्तरी प्रहरीद्वारा दुई लाखको कपडा र पटाका बरामद

Posted on October 07, 2018 | views : 317 | महोत्तरी - MHT

असोज २१, गौशाला (रासस) | भन्सार छली भारतबाट अवैध रूपमा लुकाइछिपाइ ल्याएको रु दुई लाखको विभिन्न लत्ताकपडा र पटाका शनिबार महोत्तरी प्रहरीले बरामद गरेको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार महोत्तरी प्रहरीले चाडपर्वलाई लक्षित गरी भन्सार नाका

Read More