उद्घाटन नगरी मन्त्री पोखरेल फर्किनुभयो

Posted on: 14 Mar, 2020

चैत १, जलेश्वर | शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल महोत्तरीको  एक कार्यक्रमको उद्घाटन नगरी फर्किनुभएको छ । आज उहाँले मटिहानी नगरपालिकामा अवस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठको नवनिर्मित दुईतले भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको थियो । 

कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण  सभा  तथा सम्मेलन आयोजना नगर्ने सरकारको नीति रहेको हुँदा  मन्त्री पोखरेलले सार्वजानिक कार्यक्रममा भवनको उद्घाटन नगर्नुभएको जनाइएको छ ।  सो अवसरमा उहाँले सरकारले ४१ सीमा नाकामा  हेल्थ डेस्क स्थापना गरिसकेको र थप नाकामासमेत गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । 

उहाँले केही दिनका लागि कुनै पनि सभा, सम्मेलन, भोजभतेर र धेरै मानिस जम्मा हुने कार्यक्रम नगर्न आग्रह गर्नुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!