नौ गाउँपालिकामा तालाबन्दी

Posted on: 21 Mar, 2017

चैत ८, गौशाला । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले महोत्तरी जिल्लाका नौ गाउँपालिकामा तालाबन्दी गरेका छन् । 

यहाँका तीन नगरपालिका र १२ गाउँपालिकामध्ये मटिहानी, पिपरा, बलवा, सम्सी, रामगोपालपुर, औरही, मनरा, एकडारा र सोनमा गाउँपालिकामा मोर्चाका कार्यकर्ताले तालाबन्दी गरेको मोर्चाका नेता सुदीप झाले बताउनुभयो । 

मोर्चाको तालाबन्दीका कारण ती गाउँपालिकामा सम्पूर्ण कामकाज ठप्प छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!