महोत्तरीमा ७ वटा नगरपालिका थपियो (नाम सहित)

Posted on: 24 May, 2017

जेठ १०, महोत्तरी | सरकारले महोत्तरीमा ७ गाउँपालिकालाई नगरपालिका बनाएको छ । 

बलवा र लोहारपट्टी गाउँपालिका नगरपालिका भएका छन् । एकडारा गाउँपालिकाको वडा नम्बर ५ र ६ लाई मनरा गाउँपालिकामा गाभेर नयाँ मनराशिसवा नगरपालिका बनाएको छ ।

यस्तै रामगोपालपुर गाउँपालिका, औरही गाउँपालिका, मटिहानी गाउँपालिका र भंगाहा गाउँपालिकालाई त्यही नाममा नगरपालिकामा स्तरउन्नती गरेको छ । यस्तै वर्दिवास नगरपालिकाको १ नम्बर वडालाई फुटाएर वडा संख्या बढाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!