चर्को आवाजमा बजेको डीजे बाजाको कारण एकको मृत्यु

Posted on: 08 Feb, 2017

माघ २६, गौशाला | महोत्तरी जिल्लाको सुगा गाउँमा डिजे बाजाका कारण एक किशोरको मृत्यु भएको छ । 

मृत्यु हुनेमा जलेश्वर नगरपालिका–१५ का १२ वर्षीय अमिरुल अन्सारी रहेको परिवारजनले जनाएको छ । 

सोमबार राति गाउँमा दुईवटा बिहेमा ठूलो आवाजमा डिजे बाजा बजाएर नाचगान गरिरहेको बेला सोही नाचगान हेर्न घरबाहिर निस्केका किशोर अन्सारीको चर्को आवाजले हृदयघात भएर मृत्यु भएको चिकित्कसले बताएका छन् । 

डिजे बाजाको चर्को आवाज सुनेर बेहोस भई घर अगाडि लडेका किशोर अन्सारीलाई उपचारका लागि जिल्ला सदरमुकाम जलेश्वरस्थित शान्ति कम्युनिटी अस्पतालमा लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!