मटिहानी गाविसका दुईसय २५ परिवारलाई कम्बल वितरण

Posted on: 09 Feb, 2017

माघ २७, गौशाला । नेपाल भारत महिलामैत्री समाज काठमाडौँले महोत्तरी जिल्लाको मटिहानी गाविसका २२५ परिवारलाई आज बिहान कम्बल वितरण गरेको छ । 

माघ अन्तिम साता लागिसक्दा पनि महोत्तरीमा जाडो कम नहुँदा जाडोबाट प्रभावित मटिहानीका २२५ विपन्न परिवारलाई समाजले कम्बल वितरण गरेको हो । 

मटिहानीस्थित राम उमाविको प्राङ्गणमा समाजकी केन्द्रीय अध्यक्ष श्रीमती चन्दा चौधरीले मटिहानी– १ देखि ९ सम्मका २२५ विपन्न परिवारलाई कम्बल वितरण गर्नुभएको हो । 

महोत्तरीमा अझै पनि कठ्याङ्ग्रिदो असहनीय जाडो भइरहेको बेला समाजले स्थानीयलाई कम्बल वितरण गरेकोमा स्थानीय खुसी देखिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!