एसईई परिक्षा सुरु नहुँदै नौ बोरा चिट बरामद

Posted on: 16 Mar, 2017

चैत ३, गौशाला | देशभर भइरहेको कक्षा १० को माध्यमिक शिक्षा परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सुरु नहुँदै महोत्तरीका विभिन्न परीक्षा केन्द्रबाट नौ बोरा चिट बरामद भएको छ । 

परीक्षा दिनका लागि जिल्लाको विभिन्न २८ वटा परीक्षा केन्द्रमा प्रवेश गर्न लागेका विद्यार्थीलाई मूल गेटमा चेक जाँच गर्दा नौ बोरा चिट बरामद भएको छ । 

परीक्षा केन्द्रको मूल गेटमा खटिएका प्रहरी र शिक्षक टोलीले गरेको संयुक्त चेक जाँचमा विद्यार्थीबाट नौ बोरा गाइड, पुस्तक तथा फ्लेप बरामद भएको जिल्ला शिक्षा कार्यालय महोत्तरीले जनाएको छ । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!