हत्या गरिएको अवस्थामा ६ वर्षीय युवकको शव भेटियो

Posted on: 06 Nov, 2017

कात्तिक २०, गौशाला । महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका– ७ बस्ने रामपुकार यादवका छोरा १६ वर्षीय पुजन यादवको हत्या भएको अवस्थामा फेला पारिएको छ । 

यही कात्तिक १७ गते राति घरबाट हराएका युवक यादवको खोजतलाश गर्दै जाँदा गएराति १० बजे बलवा नगरपालिका– ११ स्थित अंकुशी खोलाको नहरको छेउमा रहेको सोगारथ महतोको धानखेतमा हत्या गरी फालिएको अवस्थामा शव फेला पारेको प्रहरी नायब उपरीक्षक बालकृष्ण पोखरेलले बताउनुभएयो । 

युवकको अनुहारको विभिन्न भाग र नाकबाट रगत बगेको तथा शरीर भरी निल डामका साथै घाँटी थिची मारिएको अवस्थामा शव फेला परेको उहाँले जानकारी दिनुभयो । 

मृतक युवकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको, हत्यामा संलग्न रहेको आशंकमा दुई जनालाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो । रासस

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!