महोत्तरीमा विषादी सेवनबाट एकको मृत्यु

Posted on: 10 Nov, 2017

कात्तिक २४, गौशाला (रासस) | महोत्तरीको सोनमा गाउँपालिकामा विषादी सेवनबाट एक पुरुषको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोनमा गाउँपालिका– ६ का ६० वर्षीय बुधन बिन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

घरायसी विवादका कारण गएराति धानमा छर्किने रोगर नामक विषादी सेवन गरेका बिनको उपचारका क्रममा अञ्चल अस्पताल जनकपुरमा मृत्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभयो । यसअघि सम्सी स्वास्थ्यचौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई अञ्चल अस्पताल जनकपुर लगिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!