महोत्तरीमा धारिलो हतियार प्रहार गरी एक युवाको हत्या

Posted on: 17 Feb, 2018

फागुन ५, महोत्तरी । महोत्तरीको मटिहानीमा युवाको हत्या गरी फालिएको अवस्थामा शव भेटिएको छ ।

मटहानी नगरपालिका-७, पानी ट्याङ्की नजिकै ३० वर्षीय रमेश ठाकुरको धारिलो हतियार प्रयोग गरी हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरू गरिसकेको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!