अप्राकृतिक मैथुन गरेको आरोपमा बर्दिवासबाट एक पुरुष पक्राउ

Posted on: 25 Feb, 2018

फागुन १३, बर्दिवास | महोत्तरी जिल्लाको बर्दिवासमा एक जना अप्राकृतिक मैथुन गरेको आरोपमा आज पक्राउ परेका छन् । 

बर्दिवास नगरपालिका–१ का करीब ४० वर्षीय अच्युतम रिसाललाई जिल्लाकै गौशाला नपाको लक्ष्मीनियाँका ११ वर्षीय बालकमाथि यौनजन्य अप्राकृतिक क्रियाकलाप गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको हो । 

बर्दिवास नगरपालिकाको बाल सञ्जालले आर्थिक लेनदेनका बलमा बालयौन दुराचारको घटना मिलाउन लागिएको प्रयासलाई विफल बनाउँदा रिसाललाई पक्राउ गरिएको इप्रका बर्दिवासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिनुभयो । पीडकले पीडितलाई धम्की दिएर समाजको पञ्चायत(छलफल)बाट रु ५१ हजार दिएर घटना ढाकछोप गर्न लागेका थिए । पीडक रिसालले आफ्नै ठाउँमा मिल्न दबाब दिँदै दुईचार जना बसेर निर्णय गराउँदै रु ५१ हजार दिन आएको पीडित बालकका पिताले बताएका छन् । यही फागुन पहिलो सातामै राति रिसालले बालकमाथि यौनजन्य क्रियाकलाप गरेको आरोप छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!