महोत्तरीमा दिनदहाडै एक व्यक्तिको साथबाट ५ लाख नगद लुटियो

Posted on: 18 Sep, 2018

असोज २, महोत्तरी | महोत्तरीको गौशालामा मंगलबार एक व्यक्तिको साथबाट ५ लाख रुपैयाँ लुटिएको छ ।

मंगलबार गौशालातर्फ आइरहेका मनरासिस्वा नगरपालिकाका विनोद चौधरीको साथबाट मोटरसाइकलमा सवार अपरिचित व्यक्तिको समूहले रकम लुटेका हुन् ।

इलाका प्रहरी कार्यालय गौशालाका अनुसार एउटा मोटरसाइकलमा आएका तीन जनाको समूहले विनोद चौधरीको साथबाट रकम लुटेको हो | घटनाको बारेमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!