मटिहानीमा एम्बुलेन्स सेवा शुरु

Posted on: 17 Dec, 2018

पुष २, बर्दिवास (रासस) | महोत्तरी मटिहानी नगरपालिकामा एम्बुलेन्स सेवा शुरु भएको छ । 

नेपाल भारत महिला मैत्री समाज काठमाडौँले नगरपालिकालाई उपलब्ध गराएको एम्बुलेन्स आजदेखि सञ्चालनमा आएको हो । 

नेपाल भारत सहयोग कार्यक्रमअन्तर्गत नेपालस्थित भारतीय राजदूतावासले उपलब्ध गराएको सो एम्बुलेन्स समाजकी अध्यक्ष चन्दा चौधरीले आज मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डललाई हस्तान्तरण गर्नुभएको छ । एम्बुलेन्स प्राप्त हुनासाथ तत्काल सञ्चालनमा ल्याइएको प्रमुख मण्डलले बताउनुभयो । 

पूर्वराज्यमन्त्रीसमेत रहिसक्नुभएकी मटिहानीकै बासिन्दा समाजकी अध्यक्ष चौधरीले साधनकै अभावमा अकालमा ज्यान गुमाउनुपर्ने स्थिति देखेर एम्बुलेन्स ल्याइएको धारणा व्यक्त गर्नुभयो । सञ्चालनमा ल्याइएको एम्बुलेन्स रेखदेख र सम्भारको जिम्मा नगरप्रमुख मण्डलले नगरपालिका–६, ७ र ८ को संयुक्त कार्यालयलाई दिनुभएको छ । 

एम्बुलेन्स सेवा सञ्चालनले खासगरी गर्भवती र सुत्केरी व्यथाले ज्यान जोखिममा पर्ने महिलाका लागि निकै राहत हुने आपूmले आश पालेकी समाजकी अध्यक्ष चौधरीको भनाइ छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!