महोत्तरीमा एक महिने सुत्केरीको हत्या, श्रीमानसहित २ जना पक्राउ

Posted on: 12 Feb, 2019

माघ २९, काठमाडौं । महोत्तरीमा एक महिने सुत्केरी महिलाको हत्या भएको छ । जिल्लाको मनरासिसबा नगरपालिका–८ सहसराम निवासी मनोजकुमार महतोकी श्रीमती २१ वर्षीया धनमन्ती देवीको हत्या भएको हो । घटनाको विषयमा प्रहरीलाई जानकारी नगराई हतार–हतार शव जलाउने तयारी गरेकाले हत्या गरेको हुन सक्ने भन्दै प्रहरीले पतिसहित २ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा धनमन्ती पति मनोज र जेठानी अनिता देवी रहेका छन् ।

आइतबार बिहान धनमन्तीको हत्या गरेर हतार–हतार शव जलाउने तर्खरमा रहेको बेला माइती पक्षले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले धनमन्तीको शव नियन्त्रणमा लिएर पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाएको थियो । मृतक धनमन्तीको घाँटी र पाखुरामा निलडाम देखिएकोले उनको हत्या नै गरेको माइती पक्षको दाबी छ ।

ससुराले सुरुमा बुहारी ओछ्यानमै आइतबार बिहान मृत फेला परेको माइतीपक्षलाई बताए पनि प्रहरीलाई भने पासो लगाएर धनमन्तीले आत्महत्या गरेको बयान दिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!