महोत्तरीमा घुस रकमसहित पक्राउ परेका असई अख्तियारको नियन्त्रणबाट फरार

Posted on: 12 Feb, 2019

माघ २९, महोत्तरी । महोत्तरीमा घुस रकमसहित पक्राउ परेका प्रहरी सहायक निरीक्षक अख्तियारको नियन्त्रणबाट फरार भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित टोलीले १० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएका औरही प्रहरी चौकीमा कार्यरत असई रामनरेश साह अख्तियार टोलीलाई छलेर भागेका हुन् ।

मंगलबार दिउँसो उनलाई अख्तियारको बर्दिबासस्थित कार्यालयबाट गएको ५/६ जनाको टोलीले नवदुर्गा सःमिलबाट नियन्त्रणमा लिएको थियो ।  

महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले भागेका असईको खोजी भइरहेको बताएका छन् । 

प्रहरीले स:मिलमै गई त्यसका सञ्चालक दिनेश साह र असई साहलाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई पक्राउ गरेर प्रहरी चौकीतर्फ ल्याउने क्रममा स्थानीयले अवरोध गरेका थिए । त्यही क्रममा दुबै जना फरार भएका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!