महोत्तरीमा ग्यास सिलिण्डर विस्फोट हुँदा २ जना घाइते

Posted on: 14 Mar, 2019

फागुन ३०, महोत्तरी । कञ्चनवनमा लागेको मिथिला माध्यमिकी परिक्रमा मेलामा ग्यास सिलिण्डर विस्फोट हुँदा २ जना घाइते भएका छन् ।


घाइते हुनेमा मेलामा बेलुन बेच्दै आएका औरही नगरपालिका २ का ४० वर्षीय रामकरण कापर र छेउमा बसेका गौशाला नगरपालिका १० का ६० वर्षीय अमरुद्दिन लहेडी रहेका छन् ।

घाइते दुवैजनाको उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय सितापुर भंगहाले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!