आफैलाई आगो लगाएर वृद्धद्वारा आत्महत्या

Posted on: 24 Mar, 2019

चैत १०, महोत्तरी । महोत्तरीको रामगोपालपूरमा आफ्नै शरीरमा आगो लगाएर एक जना बृद्धले आत्महत्या गरेका छन् ।

महोत्तरी रामगोपालपुर नगरपालिका ५ बस्ने ६० वर्षीय सूर्यदेव मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

मुखियाले शनिबार दिउँसो घरमा कोही नभएको मौका आफ्नो शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ । उनको राति उपचारको क्रममा मृत्यु भएको हो । शनिबार दिउँसो घरमा कोही नभएको बेला शरीरभरी कपडा बेरी मट्टितेल छर्केर आफैंले आगो लगाएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

मुखियाको अवस्था गम्भीर भएपछि परिवारजनले उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगेको र उपचारको क्रममा मृत्यु भएको डिएसपी खड्काले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भैहरेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!