महोत्तरीमा ट्रक र टिपर ठोक्किदा २ काे मृत्यु, २ जना घाइते

Posted on: 13 May, 2019

बैशाख ३०, महोत्तरी । महोत्तरीमा साेमबार बिहान ट्रक र  टिपर ठोक्किदा २ जनाकाे मृत्यु भएकाे छ, भने २ जना घाइते भएका छन् । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत महोत्तरीको वर्दिवास नगरपालिका ५ माईस्थान चोकमा] ट्रक र  टिपर एकआपसमा ठोक्किदा परिचय खुल्न नसकेको २ जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ

ना ६ ख ३०२० नम्बरको  ट्रकमा पश्चिमबाट पूर्व दिशातर्फ गईरहेको बा ५ ख ४२२२ नम्बरको टिपरले ठक्कर दिँदा दुवै गाडीका सहचालकको मृत्यु भएको हाे । दुवै गाडीका चालकहरु भने घाईते भएको ईलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

घाईते चालकको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भईरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!