अदालतका एक कर्मचारी १ लाख ५० हजार घुससहित रङ्गेहात पक्राउ

Posted on: 22 Aug, 2019

भदौ ५, महोतरी | महोत्तरीको जिल्ला अदालतबाट एक कर्मचारी घुस सहित रङ्गेहात पक्राउ परेका छन् । बुधवार राति जिल्ला अदालत महोत्तरीमा कार्यरत नापी सर्वेक्षक मोहन यादव घुस रकमसहित जलेश्वरस्थित खैरा चोकबाट  रङ्गेहात पक्राउ परेका हुन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले १ लाख ५० हजार रकम घुस सहित यादवलाई रंगेहात पक्राउ गरेको थियो  । एक सेवाग्राहीको घर नक्सा अनुसार नभएको भन्दै मुद्दा मिलाई दिन्छु भनि उनले घुस रकम मागेपछि पीडित पक्षले अख्तियारलाई जानकारी गरेका थिए ।

रकम बढी भएकोले मुद्दा काठमाडौं पठाउने तयारी भईरहेको अख्तियारले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!