नेपाली सेनाको गणभित्रै एक महिलाको बेवारिसे शव फेला

Posted on: 07 Sep, 2019

भदौ २१, र्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका–८ बिजयबस्ती टोलमा रहेको नेपाली सेनाको मध्यपुर्वी पृतनाको कालीसिद्धि गण परिसरभित्र शनिवार एक महिलाको बेवारिसे शव भेटिएको छ ।

 नाम थर खुल्न नसकेकोे कालो रङमा सेतो छिरके बुट्टा भएको कुर्ता र कालो सुरुवाल लगाएकी कम्मरमा रातो सल बाँधेकीे अन्दाजी ३५ वर्षीया जस्तो देखिने र शरीरका विभिन्न भागमा चोट लागि रक्तश्राव भएको अवस्थामा महिलाको शव भेटिएको हो । 

शनिवार बिहानै नेपाली सेनाको टोली मर्निङवाक जाने क्रममा देखेपछि प्रहरीलाई खबर गरेकोे बर्दिवास प्रहरीका प्रहरी निरीक्षक अशोक कुमार शाहले जानकारी दिए । शव शंकास्पद भएकाले घटनाको अनुसन्धान भइरहेको उनले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!