समाज | महोत्तरी - MHT


महोत्तरीमा सर्पले डस्दा एक जनाको ज्यान गयो

Posted on July 20, 2019 | views : 181 | महोत्तरी - MHT

साउन ४, गौशाला । महोत्तरीको बर्दिवास नगरपालिका–२ मा सर्पले डस्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ४५ वर्षीय शिवनाथ महतो रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।  बर्दिवास–४ मा चिया पसल सञ्चालन गर्दै आएका महतोलाई पसलमै सर्पले डसेको हो । उनको उपचारका

Read More

महोतरीमा पानीमा डुबेर मृत्यु हुनेमा बालबालिका धेरै

Posted on July 19, 2019 | views : 155 | महोत्तरी - MHT

साउन ३, महोतरी  | महोत्तरीमा गत आर्थिक वर्ष २०७५-७६ मा डुबेर मृत्यु हुनेमा बालबालिकाको सङ्ख्या कहालीलाग्दो देखिन्छ । बितेको वर्ष दिनको अवधिमा १० महीनादेखि १२ वर्ष उमेरभित्रका १८ को डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको हो । गत आव २०७५-७६ मा बगेर र डुबेर मृत्यु हुने २७ को मृ

Read More

महोत्तरीमा २४ सडक बाढीले क्षेती

Posted on July 18, 2019 | views : 230 | महोत्तरी - MHT

साउन २, महोतरी  | एक साताको अविरल वर्षासँगैको बाढीले महोत्तरी जिल्लाका सडक सञ्जाल अस्तव्यस्त भएका छन् । गत असार २५ गते मध्यरातदेखि परेको पानीसँगैको बाढीले जिल्लाका २४ सडक सञ्जाल अवरुद्ध भएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।  जिल्लाका मुख्य ४२ सडकमध्ये २४ मा व्यापक क्षति भएको हु

Read More

महोत्तरीमा बाढीले बगाउँदा एक जनाको मृत्यु

Posted on July 17, 2019 | views : 213 | महोत्तरी - MHT

साउन १, गौशाला । बाढीले बगाउँदा महोत्तरीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मटिहानी नगरपालिका–९ बहुअर्वाका श्याम यादवका छोरा आठ वर्षीय पङ्कज रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताउनुभयो । घरबाट डेढ किलोमिटर पूर्व रहेका बिग्ही नदी नजिक आफ्ना हजुरब

Read More

महोत्तरीमा खानेपानीको सङ्कट

Posted on July 17, 2019 | views : 156 | महोत्तरी - MHT

साउन १, महोतरी | पछिल्लो एक साता बाढी र डुबान खेपेका महोत्तरीवासीलाई खानेपानीको सङ्कट बढेको छ । खानेपानीका मुहान बाढीले धमिलिएपछि यहाँ खानेपानीको सङ्कट बढेको हो । जिल्लाको सुदूर उत्तरी क्षेत्रको करीब ७० हजार जनसङ्ख्या रहेको बर्दिवास नगरपालिका क्षेत्रमा खानेपानी आपूर्ति गरिने रातु नदी र खोल्सीहरुको प

Read More

विपी राजमार्गमा एक व्यक्तिको शव फेला

Posted on July 17, 2019 | views : 550 | महोत्तरी - MHT

साउन १, बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३  गौरीडाँडाका ३६ वर्षीय श्रवण थापा सडकमै मृत फेला परेका छन् । विपी राजमार्ग (बर्दिवास–सिन्धुली–बनेपामार्ग) को बर्दिवास–३ गौरीडाँडाको स्मृतिपार्क नजिकै मङ्गलबार मध्यरातमा थापा मृत फेला परेका हुन् । रात्रि नियमित गस्तीमा निस्केको प्रहरीले श

Read More

अनलाइनमार्फत ८० लाख ठगी गर्ने महोत्तरीका २ सहित तीन जना प्रहरीको फन्दामा

Posted on July 16, 2019 | views : 536 | महोत्तरी - MHT

असार ३१, काठमाडौँ । सस्तो मूल्यमा सामान पठाइदिन्छु भन्दै अनलाइनमार्फत विज्ञापन गरी रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा तीन जनालाई महानगरीय अपराध महाशाखा टेकुले पक्राउ गरेको छ ।  उनीहरुलाई आज बिहान काठमाडौँ महानगरपालिका–१६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा वडा नं १६ न

Read More

महोत्तरीको सर्पदंश उपचार केन्द्रमा साधन जुट्दै

Posted on July 16, 2019 | views : 183 | महोत्तरी - MHT

गोपालप्रसाद बराल, असार ३१, बर्दिवास । झमझम पानी परिरहेबीच सर्पको बिगबिगी बढिरहेकै बेला महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा उपचार उपकरण जुटेका छन् । केन्द्रको उपचारकार्यमा आवश्यक पर्ने थप उपकरण सहयोगी संस्थाले जुटाएका हुन् ।  केन्द्रलाई भर्खरै बर्दिवासस्

Read More

महोत्तरीमा बाढीले बगाएर बेपत्ता भएका बालक र वृद्धको शव फेला

Posted on July 15, 2019 | views : 376 | महोत्तरी - MHT

असार ३०, गौशाला । महोत्तरीका दुई छुट्टाछुट्टै स्थानमा बाढीले बगाएर बेपत्ता भएका एक बालक र वृद्धको शव फेला परेको छ । जिल्लाको जलेश्वर नगरपालिका–८ मा आइतबार दिउँसो बाढीले बगाएर बेपत्ता भएका दुई जना बालकमध्ये एकको शव आज फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार

Read More

महोत्तरी कारागार जलमग्न, कैदी/थुनुवाको बिचल्ली

Posted on July 15, 2019 | views : 154 | महोत्तरी - MHT

असार ३०, महोतरी | लगातार छ दिनदेखिको वर्षासँगै महोत्तरी कारागार जलमग्न भएपछि कैदी/थुनुवाको बिचल्ली भएको छ । गत बुधबार मध्यरातदेखि लगातार परेको पानीसँगै कारागार डुबानमा परेपछि कैदी/थुनुवाको बिचल्ली भएको हो । जिल्ला सदरमुकाम जलेश्वरको गहिरो ठाउँमा रहेको कारागारमा परेको पानी र बाहिरबाट बगेर आएको पानी न

Read More

देशभरीको अविरल वर्षा: कम्तीमा ५० जनाको मृत्यु, १० हजार विस्थापित

Posted on July 14, 2019 | views : 2117 | महोत्तरी - MHT

असार २९, काठमाडौँ | नेपालमा अविरल वर्षाका कारण आइतवार दिउँसोसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने झन्डै १० हजार व्यक्ति विस्तापित भएका छन् । बर्षाका कारण ३१ जनाको अवस्था अज्ञात रहेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार व्यक्ति

Read More

महोत्तरीमा बाढीले बगाउँदा दुई बालक बेपत्ता

Posted on July 14, 2019 | views : 305 | महोत्तरी - MHT

 असार २९, गौशाला । महोत्तरीमा बाढीले बगाउँदा दुई बालक बपेत्ता भएका छन् । बाढीले बगाउँदा जलेश्वर नगरपालिका–८ का १२ वर्षीय प्रशान्त ठाकुर तथा पिपरा गाउँपालिका–३ का १३ वर्षीय युवराज ठाकुर बेपत्ता भएका हुन् ।  बजराई गाउँबाट किनमेल गर्न जलेश्वर जाने क्रममा बाढीले दुवै बालकलाई बगाएको हो । बेपत्त

Read More

महोत्तरीमा पाँच दिनपछि घाम

Posted on July 14, 2019 | views : 147 | महोत्तरी - MHT

असार २९, बर्दिवास । पाँच दिन लामो अविरल वर्षा आज मध्यान्हपछि महोत्तरीमा थामिएको छ । गत बुधबारयता आज मध्यान्हपछि मात्र घाम देखिएको हो । आकास उघ्रेर घाम देखिए पनि महोत्तरीवासी डुवानबाट भने अझंै आक्रान्त छन् । जिल्लाका गाउँ÷नगर बस्ती वर्षा र बाढीको पानीले अझै डुबेका छन् । पछिल्लोपटक पाँच दिनको अविरल वर

Read More

महोत्तरीको जलेश्वर कारागार जलमग्न

Posted on July 12, 2019 | views : 421 | महोत्तरी - MHT

 असार २७, गौशाला । दुई दिनदेखिको नियमित वर्षाका कारण महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाकोसमेत संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागार जलमग्न बनेको छ । मुसलधारे पानीका कारण जलेश्वर कारागार जलमग्न बनेको निमित्त जेलर मकसुदन महासेठले बताउनुभयो । राणाकालीन उक्त कारागार जलेश्वर नगरप

Read More

महोत्तरीको रातो खोलाले वृद्धलाई बगायो

Posted on July 12, 2019 | views : 343 | महोत्तरी - MHT

असार २७, गौशाला । महोत्तरीको रातो खोलामा आएको बाढीले आज बिहान एक वृद्धलाई बगाएको छ । बलवा नगरपालिका–२ का ७० वर्षीय हनिफ बैठालाई रातो खोलाले बगाएको हो । विगत दुई दिनदेखि परेको अविरल वर्षाका कारण रातो खोलामा आएको बाढीले आज बिहान ११ बजेतिर बैठालाई बगाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी ना

Read More

काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

Posted on July 06, 2019 | views : 2537 | महोत्तरी - MHT

असार २१, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का महसुस भएको छ ।  अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।

Read More

महोत्तरीमा लाखौँको लुटपाट, एक पक्राउ, तीन जना घाइते

Posted on July 04, 2019 | views : 304 | महोत्तरी - MHT

असार १९, महोत्तरी । महोत्तरीको बर्दिवासमा डाँकाको एक समूहले क्रमबद्ध रूपमा दुई घरमा डकैती गरेको छ । गए राति बर्दिवास नगरपालिका वडा नं ६ र ७ मा पर्ने प्रेमनगरमा सो समूहले रु १५ लाख बराबरको धनमाल लुटेर फरार भएको हो । वडा नं ७ का रामसुनर महतोे र वडा नं ६ को चन्देश्वर महतोको घरमा सो समूहले लुटपाट गरेको

Read More

महोत्तरीका दुई स्थानीय तहले गरे छात्रालाई साइकल वितरण

Posted on July 02, 2019 | views : 215 | महोत्तरी - MHT

असार १७, बर्दिवास । छोरी शिक्षालाई प्रोत्साहन गर्न र महिला सशक्तीकरणको पाटोलाई शिक्षासँग जोड्न महोत्तरी जिल्लाका दुई स्थानीय तहले ५०० बढी छात्रालाई साइकल वितरण गरेका छन् । जिल्लाका लोहारपट्टी नगरपालिका र सम्सी गाउँपालिकाले प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमको प्रवद्र्धन गर्न आफ्नो

Read More

बेहेमा डिजेबाजा बजाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

Posted on July 01, 2019 | views : 254 | महोत्तरी - MHT

असार १६, महोतरी  | महोत्तरी जिल्लाको भङ्गहा नगरपालिकामा बिहेमा दुलहा घुमाउनका लागि ल्याइएको रथमाथि राखेको डिजेबाजा बजाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको मनरासिस्वा नगरपालिका–४ बस्ने सिधु पण्डितका छोरा १९ वर्षीय सञ्जय पण्डित रहेको महोत्तरी  जिल्ला प्रहरी

Read More

महोत्तरीको रामजानकी मन्दिरबाट साढे सात लाख मूल्य बराबरको मूर्ति चोरी

Posted on June 28, 2019 | views : 596 | महोत्तरी - MHT

असार १३,  महोत्तरी |  महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–२ मा अवस्थित रामजानकी मन्दिर (कुट्टी) बाट गए राति साढे सात लाख मूल्य बराबरको मूर्ति चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार एकडारा गापा–२ मा रहेको रामजानकी मन्दिरबाट गए राति

Read More

झुटो परिचय दिँदै लाखौँ ठगी गर्ने लम्साल महोत्तरीबाट पक्राउ

Posted on June 27, 2019 | views : 238 | महोत्तरी - MHT

असार १२, बर्दिवास । आम सर्वसाधारणलाई झुटो परिचय दिँदै लाखौँ ठगी गर्ने एक जना महोत्तरीमा पक्राउ परेका छन् । आपूmलाई राजश्री सेभिङ एण्ड को–अपरेटिभ सोसाइटी संस्थाको जनकपुर शाखा प्रबन्धक भएको बताउँदै लाखौँ रकम ठगी गर्ने ४४ वर्षीय रमेश लम्साललाई इलाका प्रहरी कार्यालय बर्दिवासले बुधबार पक्राउ गरेको हो ।&n

Read More

प्रदेश २ सरकारद्वारा लोकसेवा तयारी कक्षा प्रारम्भ

Posted on June 26, 2019 | views : 457 | महोत्तरी - MHT

असार ११, जनकपुरधाम । प्रदेश नं २ सरकारले बेटी पढाऊ, बेटी बचाऊ अभियानअन्तर्गत आजदेखि लोक सेवा तयारी कक्षा प्रारम्भ गरेको छ । सो अभियानअन्तर्गत प्रदेश सरकारले पहिलो चरणमा १०१ जना महिलालाई तयारी कक्षामा समावेश गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामको राजर्षि जनक क्याम्पसमा लोक सेवा तयार कक्षा

Read More

महोत्तरीमा सर्पदंशका बिरामीको सङ्ख्यामा वृद्धि

Posted on June 25, 2019 | views : 249 | महोत्तरी - MHT

असार १०, गौशाला । गर्मीका कारण महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा सर्पले टोकेको बिरामीको सङ्ख्या बढ्दै गएको छ । जिल्ला अस्पताल जलेश्वरका डा मृत्युञ्जयकुमार ठाकुरका अनुसार फाटफुट आउने गरेकोमा हाल दैनिक आठदेखि १० जनासम्म सर्पले टोकेका बिरामी उपचारका लागि आउने गरेका छन् । अत्यधिक गर्मीका कारण सर्प बाहिर

Read More

महोत्तरी: लागुऔषधसहित तीन युवक पक्राउ, अज्ञात समूहद्वारा २० क्विन्टल माछा नष्ट

Posted on June 25, 2019 | views : 926 | महोत्तरी - MHT

असार १०, गौशाला (रासस) | महोत्तरी प्रहरीले गए राति भारतीय नाकामा लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बर्दिबास नगरपालिका–१४ का २१ वर्षीय रामभरोस महतो र २२ वर्षीय अजय कुमार बैठा, त्यस्तै गौशाला नगरपालिका–४ का ३६ वर्षीय राजाराम साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्

Read More

महोत्तरी : गाडीको विषयमा असन्तुष्टि जनाउँदै नगर उपप्रमुखद्वारा नगरपालिकामा ताला

Posted on June 24, 2019 | views : 320 | महोत्तरी - MHT

असार ९, महोत्तरी । नगरपरिषद्को  पूर्वसन्ध्यामा रामगोपालपुर  नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । आज नगरउपप्रमुख सीता देवीले गाडीको विषयमा असन्तुष्टि जनाउँदै कार्यालयमा तालाबन्दी गर्नुभएको हो ।  आफूले चढ्ने गाडीमाथि नगरप्रमुख अशोककुमार मण्डलले कब्जा जमाएको र सोही कारण नगरयोजना त

Read More

महोत्तरीमा सडक दुर्घटनामा परि एक जनाको मृत्यु

Posted on June 24, 2019 | views : 279 | महोत्तरी - MHT

असार ९, महोत्तरी । महोत्तरीको औरहीमा आज बिहान भएको सडक दुर्घटनामा परी एक वृद्धको मृत्यु भएको छ । एकाबिहानै सम्सी गौशाला सडकखण्डअन्तर्गत औरही नगरपालिका–४ बैरिया भन्ने स्थानमा सडक दुर्घटनामा परी स्थानीय ७६ वर्षीय गनौर रायको मृत्यु भएको हो ।  गाडीको ठक्करबाट निजको मृत्यु भए तापनि गाडीको पहिचान खुल

Read More

नेपाल एयरपोर्टबाट फिल्मी तरिकाले भारतीय व्यापारीसँग २३ लाख लिएर फरार नेपाली युवती पक्राउ

Posted on June 23, 2019 | views : 1793 | महोत्तरी - MHT

असार ८, काठमाडौँ | भारतका निर्माण व्यवसायी श्रीपाल जैनबाट २३ लाख लिएर फरार भएकी महोत्तरी औरी नगरपालिका-३ निवासी २१ वर्षीया डायन सेकेन्ड प्रहरीको फन्दामा परेकी छन् ।   भारतीय व्यापारीलाई तीन महिना अघि फेसबुकमा ‘फ्रेण्ड रिक्वेस्ट’ पठाएर उनले ठग्ने तयारी गरेको प्रहरी अनुसन्धानबाट खुलाशा भएको

Read More

महोत्तरी: नगरपालिकाको कार्यालयमा तोडफोड

Posted on June 23, 2019 | views : 463 | महोत्तरी - MHT

असार ८, महोत्तरी । महोत्तरीको औरही नगरपालिकाको कार्यालयमा गए राति तोडफोड भएको छ । गए राति उपप्रमुख रेणु झाको नेतृत्वमा गएको एक टोलीले नगरपालिकाको कार्यालयमा रहेको योजना शाखा तथा प्रशासन फाँटमा गरी दुई थान कम्प्युटर, दुई थान स्क्यान मेसिन, दुई थान प्रिन्टर, दुई थान मल्टिप्लग बोर्डमा तोडफोड गरेको हो ।

Read More