समाज | महोत्तरी - MHT


महोत्तरीमा चट्याङपीडित परिवारको बिचल्ली

Posted on February 12, 2019 | views : 1254 | महोत्तरी - MHT

माघ २९, बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका–११ चनौटेका चट्याङपीडित दुई परिवारको बिचल्ली भएको छ ।  गत शनिबार चट्याङ परेर स्थानीयवासी दिलबहादुर डिम्डोङ र बुद्धिमान जिम्बाको घर नष्ट हुँदा बिचल्ली भएको हो । धनमाल, अन्नपात, लत्ताकपडा र भाँडाकुँडा जलेर नष्ट भएपछि उनीहरुलाई बस्न र खान सकस परेको छ

Read More

लागुऔषधसहित दुई युवक महोत्तरीबाट पक्राउ

Posted on February 11, 2019 | views : 1493 | महोत्तरी - MHT

माघ २८, महोत्तरी | महोत्तरी प्रहरीले लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–२३ बस्ने १६ वर्षीय सुनिलकुमार यादव र १६ वर्षीय रामजनम ठाकुर रहेको प्रहरी नायव उपरीक्षक खड्काले बताउनुभयो ।  गए राति जलेश्वर नगरपालिका–७ स्थित जिरोमाइलमा केही मानिस ह

Read More

महोत्तरीमा सुन चोरीको आरोपमा २ युवक जेल चलान

Posted on February 11, 2019 | views : 1982 | महोत्तरी - MHT

माघ २८, गौशाला | सुन चोरीको आरोपमा महोत्तरी जिल्ला अदालतले आज दुई जनालाई जेल चलान गरेको छ ।  जेल चलान हुनेमा जलेश्वर नगरपालिका–२ बस्ने १९ वर्षीय कृष्ण श्रेष्ठ र २२ वर्षीय अजलम अली रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । त्यसैगरी सोही मुद्दामा जलेश्वर नगरपालिका–१ बस्ने २२ वर्षीय सन्तो

Read More

महोत्तरीका बासिन्दाको रेल चढ्ने रहर अधुरै

Posted on February 11, 2019 | views : 1500 | महोत्तरी - MHT

गोपालप्रसाद बराल | माघ २८, बर्दिवास | गत विवाहपञ्चमी मेला (उत्सव) मै रेल चढेर जनकपुर जाने कुराले फुरुङ्ग परेकी महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकाको महदैया बस्तीकी इजोतीया सहनीको खुशी त्यतिखेरै धेरै टिक्न सकेन । विवाहपञ्चमी (रामजानकी विवाह महोत्सव) मा भारतको जयनगरबाट धनुषाको कुर्थासम्म रेल सञ्चाल

Read More

महोत्तरीमा चट्याङ: घर जलेर नष्ट

Posted on February 10, 2019 | views : 1905 | महोत्तरी - MHT

माघ २७, बर्दिवास (रासस) | महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–११ को चनौटेमा एउटा घर चट्ययाङ पर्दा नष्ट भएको छ । सो बस्तीका अजय डिम्डोङको घर शनिबार दिउँसो परेको चट्ययाङले जलेर खरानी भएको हो ।  बिहानभरि परेको पानी थामिएपछि वस्तुभाउ फुकाउने र घाँसदाउराको जोहो गर्न परिवारका सबै निस्किएका बेला चट्य

Read More

जलेश्वरका आधा उपभोक्ता तीन महीनादेखि खानेपानीबाट वञ्चित

Posted on February 05, 2019 | views : 2069 | महोत्तरी - MHT

माघ २२, गौशाला | महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका करीब आधा उपभोक्ता तीन महीनादेखि खानेपानीबाट वञ्चित भएको छन् । नेपाल खानेपानी संस्थान शाखा कार्यालय महोत्तरी जलेश्वरबाट खानेपानी धाराको लाइन लिएका नगरपालिकाका एक हजार १८१ उपभोक्तामध्ये ६०० बढी उपभोक्ता विगत तीन महीनादेखि खानेपानीबाट वञ्चित रहेको

Read More

लागुऔषधसहित २ जना नागढुङ्गाबाट पक्राउ

Posted on January 29, 2019 | views : 2978 | महोत्तरी - MHT

माघ १५, काठमाडौँ | महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।  प्रभागको टोलीले सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ना७ख ७०७३ नंको बस र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना७ख ५११३ नंको बस जाँचका क्रममा महोत्तरीका १९ वर्षीय प्रविणकुमार पाण्डे र मकवानपुरका ३० वर्षीय विकास

Read More

च्याउखेतीबाट मनग्य आम्दानी गर्छन महोत्तरीका भुजेल

Posted on January 28, 2019 | views : 1641 | महोत्तरी - MHT

माघ  १४, बर्दिवास | काममा लगन र समर्पण भएपछि कमाउन विदेश जानु पर्दैन भन्ने उदाहरण बन्नुभएको छ महोत्तरीको बर्दिवास नगरपालिका–२ हङकङ डाँडाका दीपक भुजेल । बाली नसप्रिने गेगयान जग्गामा ४५ वर्षीय भुजेलले १० टनेलमा च्याउखेती गर्दै आउनुभएको छ ।  दुई वर्ष अघिसम्म भुजेललाई घरखर्च कसरी चलाउने भन्ने

Read More

अस्पतालमा उपचार गराउँदा गराउँदै फरार एक थुनुवा पाँच घण्टापछि पक्राउ

Posted on January 25, 2019 | views : 1150 | महोत्तरी - MHT

माघ ११, गौशाला | जलेश्वर कारागारबाट ल्याइ जनकपुर अञ्चल अस्पतालमा उपचार गराउँदा गराउँदै फरार भएका एक थुनुवा पाँच घण्टापछि पक्राउ परेका छन् ।  महोत्तरी जिल्लाको जलेश्वर कारागारमा पुर्पक्षमा रहँदै आएका धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका– ६ घर भई हाल जलेश्वर कारागारमा नकबजनी चोरी मुद्दामा बस्दै

Read More

तौल र गुणस्तरमा महोत्तरीका उपभोक्ता ठगिँदै

Posted on January 24, 2019 | views : 1850 | महोत्तरी - MHT

माघ १०, बर्दिवास  | बजारबाट खरिद गरेका वस्तुको तौलमा महोत्तरीका उपभोक्ता ठगिँदै गरेका छन् ।  जिल्लाका हाटबजारलगायत ग्रामीण बस्तीका पसलहरुमा व्यापारीले परम्परागत काठे तराजु र ढुङ्गे ढक नै तौलमा प्रयोग गर्ने क्रम नरोकिएपछि उपभोक्ता ठगिने गरेका हुन् ।  खासगरी साप्ताहिक हाट (साताका निश्चि

Read More

एक भारतीयसहित दुई जना महोत्तरीबाट पक्राउ

Posted on January 23, 2019 | views : 1242 | महोत्तरी - MHT

माघ ९, गौशाला | भारतबाट अवैध रुपमा भन्सार छली ल्याएका कपडाका साथ महोत्तरी प्रहरीले मङ्गलबार एक भारतीयसहित दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भारत बिहार राज्यको सीतामढी जिल्लाको भेडियाही गाउँ पञ्चायत–५ का ४० वर्षीय सञ्जय साह र महोत्तरीको सोनमा गाउँपालिका–३ का ३५ वर्षीय लालबाबु राय रहेका

Read More

डोटीमा गाडीको सिट निकाल्दै ट्राफिक प्रहरी

Posted on January 22, 2019 | views : 16368 | महोत्तरी - MHT

माघ ८, डोटी | जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले लामो दूरीमा सञ्चालन हुने गाडीमा आफुखुशी जोडिएका सिट हटाउन थालेको छ ।  डोटीबाट तराईतर्फ जाने लामो दूरीका गाडीले आफूखुशी सिट जडान गरेपछि ट्राफिक प्रहरीले हटाउने अभियान थालेको हो । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण डोटीमा वर्षेनी सवारी

Read More

नापी कार्यालय बर्दिवास सञ्चालन नहुँदा सेवाग्राही मर्कामा

Posted on January 22, 2019 | views : 990 | महोत्तरी - MHT

गोपालप्रसाद बराल | माघ ८, बर्दिवास | महोत्तरीस्थित उत्तरी क्षेत्रका बासिन्दा सरकारी कार्यालयबाट सेवा सञ्चालन नहुँदा प्रभावित भएका छन् ।  जिल्लाको उत्तरी क्षेत्रका तत्कालीन नौवटा गाविस (हाल बर्दिवास नगरपालिकाको सबै क्षेत्र र भङ्गाहा नगरपालिकाको पुरानो भङ्गाहा गाविस क्षेत्र) का नागरिकलाई सेवा दिन

Read More

महोत्तरीमा ट्र्याक्टर पल्टिँदा एकको मृत्यु, एक गम्भीर घाइते

Posted on January 22, 2019 | views : 1660 | महोत्तरी - MHT

 माघ ८, गौशाला | पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवासस्थित बाँके जङ्गलमा रुई पेल्ने मेशिनसँगै जोडिएको ट्र्याक्टर पल्टिँदा चालक रौतहट चन्द्रपुर नगरपालिका ९ बस्ने ५० वर्षीय सागर मन्सुरीको मृत्यु भएको छ ।  ट्र्याक्टरमै बसिरहेका रौतहट चन्द्रपुर नपा–९ कै २१ वर्षीय विनोद राम गम्भीर घ

Read More

पाल्पाको प्रशासन कार्यालय दुई सहयोगीका भरमा

Posted on January 20, 2019 | views : 14585 | महोत्तरी - MHT

माघ ६, बेझाड | पाल्पाको रामपुरस्थित इलाका प्रशासन कार्यालय अहिले कार्यालय सहयोगीको भरमा चलेको छ ।  कार्यालयमा हालै पुग्दा दुई कार्यालय सहयोगीबाहेक अरु कोही पनि कर्मचारी भेटिएनन् । सेवा लिन कार्यायमा पुगेका सेवाग्राही गुनासो गर्दै फर्केका थिए । गएको पुस १५ गते कार्यालय प्रमुख मधुसुदन भट्टराई यहा

Read More

सञ्चारकर्मी ढकालको हत्याप्रति महासङ्घद्वारा भत्र्सना

Posted on January 20, 2019 | views : 13552 | महोत्तरी - MHT

माघ ६, काठमाण्डौ | नेपाल पत्रकार महासङ्घले मकवानपुरबाट प्रसारण हुने रेडियो अनमोलमा आबद्ध सञ्चारकर्मी मनोहर ढकालको हत्या भएको घटनाप्रति भत्र्सना गरेको छ ।  महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गरी ढकालको हत्याको समाचारले महासङ्घ स्तब्ध भएको बताउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, “महासङ

Read More

प्रदूषित बन्दै दक्षिणकाली क्षेत्र

Posted on January 18, 2019 | views : 11904 | महोत्तरी - MHT

प्रदूषित बन्दै दक्षिणकाल क्षेत्र  माघ ४,काठमाण्डौ | राजधानीको दक्षिण पश्चिमी भेगमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण दक्षिणकाली मन्दिर क्षेत्र प्रदूषित बन्न थालेको छ ।  मन्दिर क्षेत्रको व्यवस्थापन गर्न दक्षिणकाली क्षेत्र प्रबन्ध समिति गठन गरिए

Read More

७ सय ५३ वटै स्थानीय तहमा रोजगार खुल्दै, भोलिदेखि दरखास्त दिन सकिने

Posted on January 17, 2019 | views : 41711 | महोत्तरी - MHT

माघ ३, काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक छनौटको प्रक्रिया सुरु गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहिबार पत्रकार सम्मेलन गरि रोजगार संयोजक नियुक्तीको प्रक्रिया सुरु भएको जानकारी दिएको हो । संयोजक छनौटको लागि १५ दिनको म्याद

Read More

बैंकिङ कसुर मुद्दामा एकजना महोत्तरीबाट पक्राउ

Posted on January 15, 2019 | views : 1314 | महोत्तरी - MHT

माघ १, गौशाला | महोत्तरी प्रहरीले आज बैंकिङ कसुर मुद्दामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको मनरासिस्वा नगरपालिका–१० बस्ने सत्येन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।  पक्राउ परेका यादवले जिल्लाकै एकडारा गाउँपाल

Read More

महोत्तरीमा टिपरको ठक्करबाट एक बालकको मृत्यु

Posted on January 13, 2019 | views : 2159 | महोत्तरी - MHT

पुस २९, गौशाला । महोत्तरीको गौशाला–सम्सी सडकखण्डमा आइतबार बिहान टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका–२ पर्सादेवार बस्ने हयियाद शेखका आठ वर्षका छोरा सदाम शेख रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरीका अनुसार बिहान करीब ८ बजे गौशालाबाट सम्सी जाँदै ग

Read More

महोत्तरीमा टिपरले ठक्कर दिँदा एक बालकको मृत्यु

Posted on January 13, 2019 | views : 1091 | महोत्तरी - MHT

 पुस २९, गौशाला | महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा आज बिहान टिपरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका–२ पर्सादेवार बस्ने हयियाद शेखका आठ वर्षीया छोरा सदाम शेख रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो

Read More

नवलपरासीमा यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ

Posted on January 13, 2019 | views : 13612 | महोत्तरी - MHT

पुस २९, रत्नगर | नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।  गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा १० मा पढ्ने छात्रामाथि दुव्र्यवहार गरेको भनी परिवारको उज

Read More

कार्यक्षेत्रमा हुने विभेदको अन्त्य गर्न दलित समाजको आग्रह

Posted on January 11, 2019 | views : 14273 | महोत्तरी - MHT

पुस २७, काठमाडौँ | दलित समुदायका सम्पूर्ण कर्मचारी एकजुट होऔं, कार्य क्षेत्रमा हुने सबै प्रकारका विभेदको अन्त्य गरौं भन्ने मूल नाराका साथ राष्ट्रिय दलित कर्मचारी समाज–नेपालको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ ।  युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)को प्रमुख आतिथ्यमा सम्पन्

Read More

घुर तापेर जाडो छल्दै महोत्तरीका दलित

Posted on January 11, 2019 | views : 1411 | महोत्तरी - MHT

गोपालप्रसाद बराल | पुस २७, बर्दिवास | “रमुआ हाथ, गोड ठिठूरगेल, कनि घुर सुन्गो न...” (रमुआ हात, गोडा कठङ्ग्रिएको छ, घुर (पतिङ्गर थुपारिएर बालिएको आगो) बाल्न), महोत्तरी भङ्गाहा नगरपालिका–६ हतिसर्वाको मदनपट्टीस्थित मुसहरीटोलकी भुठ्ठी सादाले छोरा रमुआलाई अह्राउनुभयो ।  ओढ्ने, ओछ्याउने र लगाउने न्या

Read More

महोत्तरीका मुसहरलाई कम्बल वितरण

Posted on January 10, 2019 | views : 1511 | महोत्तरी - MHT

पुस २६, गौशाला । महोत्तरीको मटिहानी नगरपालिका–४ मझौरा बिसनपुरका ८४ परिवार मुसहरलाई नेपाल रेडक्रस महोत्तरी शाखाले कम्बल वितरण गरेको छ ।  गरीबी र विपन्नताबीच वर्षेनी जाडोमा समस्यामा पर्ने त्यस गाउँका मुसहर परिवारलाई जाडोबाट बच्न कम्बल प्रदान गरिएको रेडक्रस महोत्तरी शाखाका सभापति दीपक मिश्रले बताउ

Read More

सरकार र उखु व्यवसायीबीच सहमति

Posted on January 10, 2019 | views : 1165 | महोत्तरी - MHT

 पुस २६, महोत्तरी | सरकारले निर्धारण गरेको मूल्यमा उखु खरीद गर्न चिनी उद्योगी सहमत भएका छन् ।  बुधबार साँझ महोत्तरीको बर्दिवासमा सम्पन्न भएको किसान र उद्योग प्रतिनिधिबीच भएको छलफलपछि प्रतिक्विन्टल रु ५३६ दरले उखु खरीद गर्नका लागि उद्योगी तयार भएका हुन् । उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलम

Read More

महोत्तरीमा रोकिराखेको एक यात्रुबाहक बसमा आगलगी

Posted on January 09, 2019 | views : 1926 | महोत्तरी - MHT

पुस २५, महोत्तरी | महोत्तरीको जलेश्वरमा एक यात्रुबाहक बसमा आगलगी भएको छ । आगलागीबाट बसमा पूर्णरुपमा क्षति भएको छ । बुधबार बिहान जलेश्वर ७ बखरी चौकमा रोकिराखेको यात्रुबाहकबसमा अचानक आगलागी हुँदा बस पूर्णरुपमा जलेर क्षति भएको हो । काठमाडौंबाट यात्रु बोकी आएको ना ८ ख ३३१६ नं को बसले अन्तिम गन्तब्यमा सब

Read More

महोत्तरीमा आगलागीबाट जलेर एक महिलाको मृत्यु

Posted on January 09, 2019 | views : 1840 | महोत्तरी - MHT

पुस २५, महोत्तरी । महोत्तरीमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ | जिल्लाको एकडारा गाउँपालिका ५ बैरामा बुधबार बिहान करिब ४ बजे आगो लाग्दा जलेर एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । मृत्यु हुनेमा २५ वर्षीया शान्तिदेवी साह रहेकी छन् ।  आगलागीको कारण खुल्न नसकेको र अ

Read More