प्रदेश नंबर ३ समृद्धिको दिशामा अघि बढिसकेको छः पौडेल

Posted on: 25 Apr, 2018

वैशाख १२, मकवानपुर | प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश नंबर ३ समृद्धिको दिशामा अघि बढिसकेको बताएका छन् । 

नेकपा एमाले संसदीय दलको बैठकमा बोल्दै संसदीय दलका नेता समेत रहेका पौडेलले सरकारले समृद्धिको लागि नीति तथा कार्यक्रमहरु ल्याउन लागेको बताए । बैठकमा बोल्दै मुख्यमन्त्री पौडेलले भने 'हामीमले हामीसभित्र भएका तितामिठा कुराहरुलाई थाँती राख्दै अघि बढनुको विकल्प छैन, एउटा पार्टी सत्तामा हुँदा सरकारमा हुने र नहुनेबिच कहिलेकाही फराकिलो भएको महशुस समेत हुनसक्छ तर हामी मिलेर अघि बढनुनै अहिलेको आवश्यक्ता हो ।'

प्रदेश नंबर ३ अरु प्रदेश भन्दा अगाडी रहेको भन्दै उनले एमालेले प्रदेशलाई कसरी समृद्ध बनाउने भन्ने विषयमा धेरै छलफल गर्नेमा आफु विश्वस्त रहेको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!